खानेतेलको मुल्य निरन्तर बढ्दा सिन्धुलीका उपभोक्तालाई भान्सा चलाउन समस्या 

RadioSiddhababa


सिन्धुली, कात्तिक २७ २०८१, मङ्गलबार । 


निरन्तर रुपमा खानेतेलको मुल्य बृद्धी भईरहदा सिन्धुलीका उपभोक्ता मारमा परेकाछन् । दैनिक उपभोग्य बस्तुको रुपमा रहेको खानेतेलको मुल्य बृद्धी भईरहदा भान्सा चलाउन समस्या भएको उपभोक्ताको गुनासो छ । चाडबाड सकिए पछि मुल्य घट्ने आशामा आवस्यक संचिता समेत नगरेकोमा तेलको बजार मुल्य फेरी बढ्दा अहिले पैसाको जोहो गर्न समस्या भएको कमलामाई ४ की स्थानिय गृहिणी सरिता खड्काले बताउनुभयो ।

 

यस्तै भान्सामा जतिखेर पनि आवस्यक पर्ने तेल लगायत खाद्यय बस्तुको मुल्य बढ्दा दैनिक किनेर व्यवहार चलाउन समस्या भएको अर्का उपभोक्ता बुद्धकुमारी रानामगरको गुनासो छ । यस्तै स्थानिय मैना बिकले दैनिक ज्याला मजदुरीको मुल्य चै नबढ्ने तर बजारका तेल लगायतका सामानको मुल्य निरन्तर बढ्दा व्यवहार चलाउन नसकिएको गुनासो गर्नुभयो । 


यता उपभोक्ता सँग प्रत्यक्ष संलग्न हुने खुद्रा व्यापारीहरुले भने राज्यको नितिगत व्यवस्था कमजोर भई बजारमा अस्थिरता आउदा उपभोक्ता मारमा परेको बताएकाछन् । राज्यका निकायले बजार नियन्त्रणमा राखी मुल्यलाई निष्चित समय सम्म एकाधिकार राख्न नसक्दा यस्तो अवस्था आएको कमलामाई ४ ढुङ्ग्रेबासका खुद्रा व्यापारी बेद प्रसाद देवकोटाले बताउनुभयो । थोक व्यपारमा अस्थिरता आउदा खुद्रा व्यापारमा पनि अस्थिरता आइरहेको र यसले उपभोक्तालाई मात्र नभएर  खुद्रा व्यापारीलाई समेत व्यापार गर्न समस्या भईरहेको देवकोटाको भनाई छ । 


यता सिन्धुली उद्योग वाणिज्य संघले पनि दशै अगाडि १९ सय रुपैया कार्टन रहेको तेल आजको मितिमा कार्टनमा २४ सय  भन्दा माथि थोक मुल्य भएको जनाएको छ । एक महिनाको अवधीमा ५ सय रुपैया भन्दा माथि कार्टनमा तेलको मुल्य बृद्धी भएको र अझै तेलको मुल्य बढ्ने सुचना आएको संघका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले बताउनुभयो । अन्तराष्ट्रिय मापदण्ड अनुसार नै नेपालमा तेलको मुल्य बृद्धी हुने गरेको जानकारी आफूले पनि पाएकाले सिन्धुली मात्र नभएर देशभर मुल्य बृद्धी भएको संघका अध्यक्ष श्रेष्ठको भनाई छ । 
  

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुलीमा प्रधानाध्यापकलाई गोली हान्ने ३ जना मध्य १ जना पक्राउ

सिन्धुली, कात्तिक २७ २०८१, मङ्गलबार ।   सिन्धुलीमा प्रधानाध्यापक माथी गोली हानी फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार जिल्लाको

RadioSiddhababa

हरिबोधिनी एकादशीमा दुधौली र हरिहरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली, कात्तिक २६, २०८१ सोमबार । हरिबोधिनी एकादशी अर्थात ठूलो एकादशीको अवसरमा सिन्धुलीका २ वटा पालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । भोली

RadioSiddhababa

सिन्धुलीमा प्रधानाध्यापक माथि अज्ञात समुहले गोली प्रहार

सिन्धुली, कात्तिक २५, २०८१ आइतबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ६ स्थित ढप्सेमा एक प्रधानाध्यापक माथि अज्ञात समुहले गोली प्रहार गरेको छ ।