सिन्धुलीमा प्रधानाध्यापक माथि अज्ञात समुहले गोली प्रहार
सिन्धुली, कात्तिक २५, २०८१ आइतबार ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ६ स्थित ढप्सेमा एक प्रधानाध्यापक माथि अज्ञात समुहले गोली प्रहार गरेको छ । मकवानपुरको बागमती गाउँपालिका १ बोटगाउँका ४० वर्षिय प्रेम बहादुर बम्जन माथि अज्ञात समुहले गोली प्रहार गरेका हुन् ।
प्रेम बहादुर बम्जन र उनका भाई दिल बहादुर बम्जन सवार प्रदेश २–०३–००६ प ८५५४ नम्बरको मोटरसाइकलमा रौतहट बाट सर्लाहि हुदै सिन्धुली बाट मकवानपुर जाने क्रममा तराई मुलका जस्ता देखिने अपरिचित मानीसहरुले ढप्सेमा मोटरसाइकल रोकी गोलि प्रहार गर्दा प्रेम बहादुर बम्जन घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक अनिल खड्काले जानकारी दिनुभयो ।
बम्जनको हेलमेट छेडेर दाहिने तर्फको दाँतमा गोली अड्कीएकाले उपचारका लागि सर्लाहि मोडेल अस्पताल पठाइएकोमा थप उपचारका लागि बिरगन्ज पठाइएको प्रहरी उपरिक्षक खड्काले बताउनुभयो । मोटरसाइकलमा सवार दिल बहादुर भने सकुशल रहेका छन् ।
सिन्धुली बाट सर्लाही तर्फ जादैँ गरेका बम्जनलाई तीनजनाको समुहले बाटो ढुकेर गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धान बाट खुलेको खड्काले बताउनुभयो । घट्ना पश्चात जिल्लाका नाकाहरु सिल गरि कडाईका साथ चेकजाँच भइरहेको उहाँले जानकारी दिनुभयो ।
घाइते बम्जर मकवानपुरको बकैया गाउँपालिका ३ हातिसुडेमा रहेको बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक रहेको प्रहरीले जनाएको छ ।
सिन्धुलीमा प्रधानाध्यापकलाई गोली हान्ने ३ जना मध्य १ जना पक्राउ
सिन्धुली, कात्तिक २७ २०८१, मङ्गलबार । सिन्धुलीमा प्रधानाध्यापक माथी गोली हानी फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार जिल्लाको
खानेतेलको मुल्य निरन्तर बढ्दा सिन्धुलीका उपभोक्तालाई भान्सा चलाउन समस्या
सिन्धुली, कात्तिक २७ २०८१, मङ्गलबार । निरन्तर रुपमा खानेतेलको मुल्य बृद्धी भईरहदा सिन्धुलीका उपभोक्ता मारमा परेकाछन् । दैनिक उपभोग्य बस्तुको
हरिबोधिनी एकादशीमा दुधौली र हरिहरपुरगढीमा सार्वजनिक विदा
सिन्धुली, कात्तिक २६, २०८१ सोमबार । हरिबोधिनी एकादशी अर्थात ठूलो एकादशीको अवसरमा सिन्धुलीका २ वटा पालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । भोली
प्रतिकृया दिनुहोस