कमलामाई ५ कालिमाटीमा बनेको सिन्धुली रंगशाला दुव्र्यशनीको अखडा बन्दै

स्थानियबासी र सञ्चारकर्मीको चासो पछि रंगशाला परिसर सरसफाई

RadioSiddhababa

सिन्धुली, कात्तिक २५ २०८१, आईतबार । 


सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्वर ५ कालिमाटीमा निर्माण गरिएको रंगशाला प्रयोगमा ल्याउन नसक्दा दुव्र्यशनीको अखडा बन्न पुगेको छ । बागमती प्रदेश सरकारले रंगाशाला भवन निर्माण गरी कमलामाई नगरपालिकाको जिम्मा लगाइएकोमा अन्य आवश्यक संरचना बनाई प्रयोगमा नल्याउदा रंगशाला दुव्र्यशनीको अखडा बनेको हो ।  खेलकुद क्षेत्रको विकास गर्ने उद्धेश्यले निर्माण गरिएको सिन्धुली रंगशाला प्रयोगमा नल्याउदा प्रदेश सरकारको झण्डै साडे ९ करोड लगानी बालुवामा पानी हाले जस्तै अवस्थामा  भएको स्थानियको भनाई छ  ।

 

रंगशाला निर्माणमा आफुहरुको पनि श्रम, पसिना बगेको भए पनि सम्वन्धीत निकायले संरक्षण संर्वद्धन गर्न नसक्दा संरचनाको क्षती भईरहेको स्थानिय शमशेर अछामीको गुनासो छ । जिल्लामा झण्डै १६ सय दर्शकले अवलोकन गर्न सक्ने गरी निर्माण गरिएको रंगशाला वरपर घेराबेरा नगर्दा उस्रिंखल व्यक्तीबाट रंगशालाको भौतिक सम्पतीमा क्षती भएको स्थानिय युवा बुद्ध बम्जनको भनाई छ ।

 
यसैबीच रंगशाला झाडीले कुरुप बन्नुका साथै भवनको झ्यालका सिसाहरु फुटेर क्षती भए पछि भने आईतबार सरसफाईको काम भएको छ । कमलामाई नगरपालिका ४ को सिमाना मै रहेको रंगशाला कुरुप बनेको गुनासा सार्वजनिक भए पछि कमलामाई ४ का वडा अध्यक्ष महेन्द्र प्रसाद ढकालको नेतृत्वमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नगर प्रहरी तथा कर्मचारी, स्थानिय क्लब तथा स्थानिय सर्वसाधारणको सहभागितामा सरसफाईको काम भएको हो ।

 

निर्माणका सबै काम सम्पन्न भई नसक्दै नगरपालिकाले रंगशाला जिम्मा लिइएको र  अहिले थप बजेट नआएका कारण काम पुरा गरी सञ्चालनमा ल्याउन नसकिएको कमलामाई ४ का वडा अध्यक्ष महेन्द्र प्रसाद ढकालले बताउनुभयो  । ढकालले आगामी वर्ष सम्ममा रंगशालाको खेल मैदान निर्माणको काम सम्पन्न गरी प्रयोगमा ल्याउने दाबी गर्नुभयो ।


रंगशाला भवन निर्माण गरी २०७९ चैत १५ गते कमलामाई नगरपालिकालाई बागमती प्रदेश सरकारले हस्तान्तरण गरेको थियोे । त्यस यता थप अन्य बजेट नआउदा रंगशाला खेल मैदान निर्माण लगायतका काम भएको छैन् ।  यो सँगै सोही स्थानमा रहेको विपद् व्यवस्थापनमा प्रयोग गर्न भनेर २०७२ सालको भुकम्प पछि निर्माण गरिएको भवनको पनि संरक्षण र सदुपयोग नगरिदा कुरुप देखिएकोमा आईतबार त्यस क्षेत्र वरपर पनि आवस्यक सरसफाई भने गरिएको छ । 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुलीमा प्रधानाध्यापकलाई गोली हान्ने ३ जना मध्य १ जना पक्राउ

सिन्धुली, कात्तिक २७ २०८१, मङ्गलबार ।   सिन्धुलीमा प्रधानाध्यापक माथी गोली हानी फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार जिल्लाको

RadioSiddhababa

खानेतेलको मुल्य निरन्तर बढ्दा सिन्धुलीका उपभोक्तालाई भान्सा चलाउन समस्या 

सिन्धुली, कात्तिक २७ २०८१, मङ्गलबार ।  निरन्तर रुपमा खानेतेलको मुल्य बृद्धी भईरहदा सिन्धुलीका उपभोक्ता मारमा परेकाछन् । दैनिक उपभोग्य बस्तुको

RadioSiddhababa

हरिबोधिनी एकादशीमा दुधौली र हरिहरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली, कात्तिक २६, २०८१ सोमबार । हरिबोधिनी एकादशी अर्थात ठूलो एकादशीको अवसरमा सिन्धुलीका २ वटा पालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । भोली