हरिबोधिनी एकादशीमा दुधौली र हरिहरपुरगढीमा सार्वजनिक विदा
सिन्धुली, कात्तिक २६, २०८१ सोमबार ।
हरिबोधिनी एकादशी अर्थात ठूलो एकादशीको अवसरमा सिन्धुलीका २ वटा पालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । भोली कात्तिक २७ गते परेको हरिबोधिनी एकादशीको अवसरमा जिल्लाको दुधौली नगरपालिका र हरिहरपुरगढी गाउँपालिकाले बिदा दिने निर्णय गरेका हुन् ।
हहिरपुरगढी गाउँपालिकामा बसोबास गर्ने राई समुदायको मुख्य पर्व हरिबोधिनी एकादशी भएकाले कार्तिक २४ गते बसेको हरिहरपुरगढी गाउँपालिका गाउँ कार्यपालिकाको बैठकले सार्बजनिक विदा दिने निर्णय गरेको हो ।
त्यस्तै दुधौली नगरपालिकामा बसोबास गर्ने आदिवासी दनुवार समुदायको बिशेष पर्व हरिबोधिनी एकादशी अर्थात “बर्की एकादशी” को उपलक्ष्यमा बिगतको बर्ष जस्तै यस बर्ष पनि सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ । दुधौली नगरपालिकाले २०७५ साल देखि हरिबोधिनी एकादशीको दिन नगरपालिकामा सार्वजनिक बिदा दिदै आएको छ ।
हरिबोधिनी एकादशीको अवसरमा पालिकाको कार्यालय, मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय तथा अन्य शिक्षण संस्था, बैंक तथा वित्तिय संस्था र अन्य सार्वजनिक सघं सस्थांहरुमा सार्वजनिक विदा दिइएको छ । दुधौली नगरपालिका र हरिहरपुरगढी गाउँपालिकाले एक सूचना मार्फत सम्पुर्ण पालिकाबासीलाई हरिबोधिनी एकादशीको शुभकामना समेत व्यक्त गरेका छन् ।
सिन्धुलीमा प्रधानाध्यापकलाई गोली हान्ने ३ जना मध्य १ जना पक्राउ
सिन्धुली, कात्तिक २७ २०८१, मङ्गलबार । सिन्धुलीमा प्रधानाध्यापक माथी गोली हानी फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार जिल्लाको
खानेतेलको मुल्य निरन्तर बढ्दा सिन्धुलीका उपभोक्तालाई भान्सा चलाउन समस्या
सिन्धुली, कात्तिक २७ २०८१, मङ्गलबार । निरन्तर रुपमा खानेतेलको मुल्य बृद्धी भईरहदा सिन्धुलीका उपभोक्ता मारमा परेकाछन् । दैनिक उपभोग्य बस्तुको
सिन्धुलीमा प्रधानाध्यापक माथि अज्ञात समुहले गोली प्रहार
सिन्धुली, कात्तिक २५, २०८१ आइतबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ६ स्थित ढप्सेमा एक प्रधानाध्यापक माथि अज्ञात समुहले गोली प्रहार गरेको छ ।
प्रतिकृया दिनुहोस