सिन्धुलीमा पनि छठ पर्व प्राथमिकतामा पर्दै
सिन्धुली, कात्तिक २२, २०८१ बिहिबार ।
विशेष गरी तराई अर्थात मधेशका जिल्लामा प्रमुख पर्वका रुपमा मनाइदै आएको छठ पर्व सिन्धुलीमा पनि मनाउन थालिएको छ । जिल्ला सदरमुकाम लगायत बजार क्षेत्रमा तराईका मधेशी समुदायको बसोबास बढ्न थाले सँगै छठ पर्वले प्राथमिता पाउन थालेको हो ।
लोक आस्थाको महापर्वको रुपमा लिइने छठ पर्वको महत्व सिन्धुलीमा पनि विस्तारै बढ्न थालेको स्थानियले बताएका छन् । श्रद्धा, निष्ठा, समर्पण भाव र आत्म शुद्धिलाई निकै ख्याल गरिने छठ पर्वले राष्ट्रिय पर्वको मान्यता पाए सँगै जिल्लामा यसको महत्व बढ्न थालेको स्थानियको भनाई छ ।
बिहीबार छठ पर्वको मुख्य दिन व्रतीहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । कार्तिक शुक्ल चतुर्थी देखि सप्तमी सम्म मनाइने छठको आज (बिहीबार) मुख्य दिन हो । आज रातभर नदी किनारमा हालिएको पालमुनि जाग्राम बसेर भोलि बिहान (शुक्रबार) उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ समापन हुन्छ । उखुको लाक्रा, ठेकुवा, केराको घरी लगायत ७० प्रकारका पूजा सामग्री सहित व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् ।
जिल्लामा बसोबास गर्ने मधेशी समुदाय सँगै पहाडे समुदायले पनि जिल्लाको गौमती नदी किनारमा छठ घाट निर्माण गरी पर्व मनाउन थालेका हुन् । गौमती नदी सरसफाई सँगै रातभर ब्रत बस्ने नदी स्थल गोबर माटोले लिप पोत गरी सफा पारेर ब्रतालुले आकर्षक पारी ब्रत शुरु गरेका छन् ।
४ दिन सम्मका सबै विधी पुरा गरेर आज विशेष दिनको ब्रत विधी शुरु गरेको व्रतालु रामकुमार चौधरीले बताउनुभयो । यस्तै छठको ब्रतले मनोकामना पुरा हुने भएकाले सबै हिन्दु धर्म मान्ने हरुले छठको व्रत बस्नु पर्ने अर्का ब्रतालु रामविलाश महतोको भनाई छ ।
सिन्धुलीमा प्रधानाध्यापकलाई गोली हान्ने ३ जना मध्य १ जना पक्राउ
सिन्धुली, कात्तिक २७ २०८१, मङ्गलबार । सिन्धुलीमा प्रधानाध्यापक माथी गोली हानी फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार जिल्लाको
खानेतेलको मुल्य निरन्तर बढ्दा सिन्धुलीका उपभोक्तालाई भान्सा चलाउन समस्या
सिन्धुली, कात्तिक २७ २०८१, मङ्गलबार । निरन्तर रुपमा खानेतेलको मुल्य बृद्धी भईरहदा सिन्धुलीका उपभोक्ता मारमा परेकाछन् । दैनिक उपभोग्य बस्तुको
हरिबोधिनी एकादशीमा दुधौली र हरिहरपुरगढीमा सार्वजनिक विदा
सिन्धुली, कात्तिक २६, २०८१ सोमबार । हरिबोधिनी एकादशी अर्थात ठूलो एकादशीको अवसरमा सिन्धुलीका २ वटा पालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । भोली
प्रतिकृया दिनुहोस