बाढी पहिरोको कारण सिन्धुलीमा २ जनाको ज्यान गयो 

RadioSiddhababa

सिन्धुली, असोज १२, २०८१ शनिबार ।

 

निरन्तर बर्षाका कारण सिन्धुलीमा बाढी पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका १ दुम्जा र कुशेश्वर महादेवको बीचमा एक घर पहिरोले पुरिदा शनिबार १२ वर्षिय बालकको मृत्यु भएको हो । घर माथिबाट पहिरो खस्दा भाग्ने क्रममा १२ बर्षिय बाल विनय कोइरालाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोबिन्दराज काफ्लेले जानकारी दिनुभयो ।


त्यस्तै कमलामाई नगरपालिका ९ स्थित सुके खोलाले बगाउँदा बेपत्ता भएका कमलामाई नगरपालिका १३ का ४२ वर्षीय कृष्ण बोगटीको मृत्यु भएको छ । महोत्तरीको वर्दिबासमा काम गर्न गएका बोगटीलाई घर फर्कने क्रममा अबिरल वर्षासँगै आएको खोलाले शुक्रबार साँझ बगाएर वेपत्ता बनाएकोे थियो । वेपत्ता बोगटीको खोजी गर्ने क्रममा कमला खोलाको किनार स्थित सुकेखोलाको दोभानमा शव भेटिएको प्रहरीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

बाढीमा फसेका सुनकोशी गाउँपालिका १ को कुशेश्वर गुरुकुलका ३३ जनाको उद्धार

सिन्धुली, असोज १२, २०८१ शनिबार ।   अविरल वर्षापछि आएको बाढीमा फसेका सिन्धुलीको सुनकोशी गाउँपालिका १ स्थित कुशेश्वर गुरुकुलका ३३ जनाको उद्धार

RadioSiddhababa

सिन्धुली र रामेछाप जोड्ने खुर्कोटको पुल बाढीले बगायो 

सिन्धुली, असोज १२, २०८१ शनिबार । अविरल बर्षासंगै सुनकोशी नदिमा आएको बाढीले रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पुल बगाएको छ । सिन्धुलीको गोलन्जोर

RadioSiddhababa

दुधौली नगरपालिका ६ स्थित हर्षाही जगाडी प्रहरी चौकीको नवनिर्मित भवन उद्धघाटन

सिन्धुली, असोज १२, २०८१ शनिबार । सिन्धुलीको दुधौली नगरपालिका ६ स्थित हर्षाही जगाडी प्रहरी चौकीको नवनिर्मित भवन उद्धघाटन गरिएको छ । बागमती प्रदेश