रिलिफ नेपाल सिन्धुलीद्वारा बालबालिकालाई ट्र्याक सुट वितरण

RadioSiddhababa

सिन्धुली । 

रिलिफ नेपाल सिन्धुलीले अति विपन्न बालबालिकाहरूको लागि ट्र्याक सुट वितरण गरेको छ । रिलिफ नेपाल सिन्धुली र वल्डभिजन ईन्टरनेशनल नेपालको साझेदारीमा फिक्कल गाउँपालिकाको ४ वटा वडामा संचालित एकीकृत संरक्षण तथा समुदाय संलग्नता परियोजना अन्तर्गत विशेष उपहार कार्यक्रम मार्फत फिक्कल गाउँपालिकाको वडा नम्बर ५ स्थित श्री कालिका नि.मा.वि का  बालबालिका लाई ट्र्याकसुट वितरण गरिएको हो ।

शैक्षिक संस्थाको पोसाकमा एकरुपता ल्याउन तथा बालबालिकाको शैक्षिक गुणस्तरमा  योगदान पु¥याउँन र उनीहरूलाई नजिकिदै गरेको जाडो मौसममा पठनपाठनमा सहजता को लागी राहत पु¥याउने उदेश्यले ट्र्याकसुट वितरण गरिएको रिलिफ नेपाल सिन्धुलीले जनाएको छ ।

सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका वडा नम्बर ५ स्थित श्री कालिका नि.मा.वि  अध्ययनरत वल्डभिजन इन्टरनेशनल नेपाल को बाल स्पोनसर परियोजनामा दर्ता (च्ऋ) तथा दर्ता नभएका विद्यालयमा अध्यनरत सम्पुर्ण ७५ जना अति विपन्न बालबालिकालाई ट्र्याक सुट वितरण गरिएको छ । कार्यक्रमको प्रमुख अतिथि फिक्कल गाउँपालिका उपाध्यक्ष राजु बरालले बालबालिकाहरूलाई ट्र्याक सुट हस्तान्तरण गर्दै यस्तो सहयोगले बालबालिकाको स्वास्थ्य र उनीहरूको दैनिक जीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।

रिलिफ नेपालमा कार्यरत अनिल सार्कीले  कार्यक्रमको उद्देश्य बारे जानकारी गराउँदै, “समाजका अति विपन्न र गरिबीमा परेका बालबालिकाहरूलाई शैक्षिक स्तर उन्नतिको लागि बालबालिका को स्वास्थे अवस्था लाई बलियो र बालबालिकाले स्वास्थ मैत्रीपुर्ण बाताबरणमा अध्यन अध्यापन गर्न केहि मात्रामा  सघाउने उहाँले बताउनु भयो । यसका साथै संस्थाले आगामी दिनमा समुदायका बालबालिकाको शैक्षिक गुणस्तर लाई र बालबालिकाको क्षमता बिकास को लागि  रिलिफ नेपाल को तर्फ बाट आवश्यक सहयोग लाई निरन्तरता दिने जनाएको छ ।

कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवी, शिक्षक, बाल क्लब संजाल का प्रतिनिधि, बालबालिका, अभिभावक तथा अन्य व्यक्तिहरूको उपस्थिति थियो । बालबालिकाहरूले नयाँ ट्र्याक सुट पाएपछि हर्ष व्यक्त गर्दै रिलिफ नेपाल सिन्धुली तथा वल्डभिजन इन्टरनेशनल नेपाल लाइ र सहयोगी संस्थालाई धन्यवाद दिएका छन् ।


 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

बाढीमा फसेका सुनकोशी गाउँपालिका १ को कुशेश्वर गुरुकुलका ३३ जनाको उद्धार

सिन्धुली, असोज १२, २०८१ शनिबार ।   अविरल वर्षापछि आएको बाढीमा फसेका सिन्धुलीको सुनकोशी गाउँपालिका १ स्थित कुशेश्वर गुरुकुलका ३३ जनाको उद्धार

RadioSiddhababa

बाढी पहिरोको कारण सिन्धुलीमा २ जनाको ज्यान गयो 

सिन्धुली, असोज १२, २०८१ शनिबार ।   निरन्तर बर्षाका कारण सिन्धुलीमा बाढी पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका १ दुम्जा

RadioSiddhababa

सिन्धुली र रामेछाप जोड्ने खुर्कोटको पुल बाढीले बगायो 

सिन्धुली, असोज १२, २०८१ शनिबार । अविरल बर्षासंगै सुनकोशी नदिमा आएको बाढीले रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पुल बगाएको छ । सिन्धुलीको गोलन्जोर