सिन्धुली र रामेछाप जोड्ने खुर्कोटको पुल बाढीले बगायो 

RadioSiddhababa

सिन्धुली, असोज १२, २०८१ शनिबार ।


अविरल बर्षासंगै सुनकोशी नदिमा आएको बाढीले रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पुल बगाएको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिका स्थित खुर्कोट बाट रामेछापको मन्थली जोड्ने पक्की पुल सुनकोशी नदीको बाढीले बगाएको हो । 


त्यस्तै सुनकोशीमा आएको बाढीले जिल्लाको सुनकोशी गाउँपालिका ५ स्थित मुलकोट बजारका घर तथा रिसोर्टहरू डुबानमा परेका छन् । निरन्तर परेको वर्षाका कारण सुनकोशी नदिमा आएको बाढीले घर, विद्यालय र होटल तथा रिसोर्टहरु डुबानमा परेका हुन् । नदिमा आएको बाढीले मुल्लकोट बजारमा रहेका क्वालीटी रिसोर्ट, ताज रिसोर्ट, होटल पौवा लगायत दर्जनौ घर तथा होटलहरु डुबानमा परेको प्रहरीले जनाएको छ ।  


त्यस्तै गोलन्जोर गाउँपालिका–७ स्थित खुर्कोटको तल्लो बजारका घर डुबानमा परेका छन् । बिहिबार देखि परेको वर्षाका कारण सुनकोशी नदिमा आएको बाढीले खुर्कोटका घरहरु डुबानमा परेका हुन् । निरन्तर परेका बर्षाको कारण खोलामा जलसहत निकै बढेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्द राज काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार नदिमा आएको बाढीले यहाँका ७० घर डुबानमा परेका छन् । बाढीले शसस्त्र प्रहरीको विपद व्यवस्थापन वेस सहित पसलहरु डुबानमा परेका छन ।


यस्तै वर्षा संगै आएको बाढीका कारण रोशी र सुनकोशी नदी बिचमा ३ शिक्षक र २८ विद्यार्थी सहित ३१ जना फसेका छन् । सिन्धुलीको सुनकोशी गाउँपालिका १ दुम्जामा रहेको कुशेश्वर महादेव गुरुकुलमा अध्ययनरत २८ विद्यार्थी र ३ शिक्षक फसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्द राज काफ्लेले जानकारी दिनुभयो ।


उनीहरुको उद्धारको प्रयास जारी रहेपनि सो स्थानमा हेलिकोप्टर समेत बस्ने अबस्था नरहेपछि उद्धार कार्यमा कठिनाई भएको छ । मन्दिरमा सुनकोशी नदी र रोशी खोलाको बाढी पसेपछि अहिले मन्दिरमा आश्रय दिएकाहरुका जीवन संकटमा परेको बताइएको छ । उनीहरुको उद्धारका लागि नेपाली सेनासँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।


काभ्रे हुँदै बग्ने रोशी खोलामा आएको बाढीले बिपी राजमार्गको नेपालथोक सडक खण्ड भत्काउनुका साथै केही भाग बगाएको छ । लगातार भएको वर्षापछि शनिबार बिहान खोलामा आएको बाढीले सडक भत्काएर बगाएको हो । नेपालथोकको प्रहरी चौकी भन्दा १०० मिटर माथिको सडक बगाएपछि बिपी राजमार्गको नेपालथोक मुलकोट सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

बाढीमा फसेका सुनकोशी गाउँपालिका १ को कुशेश्वर गुरुकुलका ३३ जनाको उद्धार

सिन्धुली, असोज १२, २०८१ शनिबार ।   अविरल वर्षापछि आएको बाढीमा फसेका सिन्धुलीको सुनकोशी गाउँपालिका १ स्थित कुशेश्वर गुरुकुलका ३३ जनाको उद्धार

RadioSiddhababa

बाढी पहिरोको कारण सिन्धुलीमा २ जनाको ज्यान गयो 

सिन्धुली, असोज १२, २०८१ शनिबार ।   निरन्तर बर्षाका कारण सिन्धुलीमा बाढी पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका १ दुम्जा

RadioSiddhababa

दुधौली नगरपालिका ६ स्थित हर्षाही जगाडी प्रहरी चौकीको नवनिर्मित भवन उद्धघाटन

सिन्धुली, असोज १२, २०८१ शनिबार । सिन्धुलीको दुधौली नगरपालिका ६ स्थित हर्षाही जगाडी प्रहरी चौकीको नवनिर्मित भवन उद्धघाटन गरिएको छ । बागमती प्रदेश