दुधौली नगरपालिका ६ स्थित हर्षाही जगाडी प्रहरी चौकीको नवनिर्मित भवन उद्धघाटन

RadioSiddhababa

सिन्धुली, असोज १२, २०८१ शनिबार ।

सिन्धुलीको दुधौली नगरपालिका ६ स्थित हर्षाही जगाडी प्रहरी चौकीको नवनिर्मित भवन उद्धघाटन गरिएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्माको अध्यक्षता तथा बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका मन्त्री सुरज चन्द्र लामिछानेको प्रमुख आथिथ्यतामा नवनिर्मित भवनको उद्धघाटन गरिएको हो ।

दुई करोड १० लाख ४१ हजार ८२३ रुपैयाँ लागतमा दुई चरणमा बनेको भवनको निर्माण कार्य २०७८ मा सुरु भएको थियो । ३३४.०४ वर्ग मिटर क्षेत्रफलमा बनेको कार्यालय भवनभित्र भुइ तला दोस्रो र तेस्रो तलामा गरि ९ कोठा, मेस भवन सौचालय भवन लगायत कक्ष निर्माण गरिएको छ । भवनबाट सात हजार ३४४ जना जनसमुदाय प्रत्यक्ष लाभान्वित हुने छन् ।

कार्यक्रममा बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका मन्त्री सुरज चन्द्र लामिछानेले नेपाल प्रहरीले प्रदान गर्ने सेवामा सहयोग पुग्ने र केही स्थानमा कठिनाइहरूमा सहजता ल्याउने प्रतिबद्धता ब्यक्त गर्नुभयो । यस वर्ष बागमति प्रदेश भर १८ वटा भवन निर्माणका लागि १० करोड ४४ लाख ८३ हजार विनियोजन गरेको उहाँले बताउनु भयो । आगामी दिनमा पनि निर्माण प्रयोजनका लागि निरन्तर समन्वय तथा सहकार्य गर्दै विभिन्न कार्यहरू गर्न बागमती प्रदेश आन्तरिक तथा कानुन मन्त्रालय सदैव साथमा रहेको बताउनु भयो । 

कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कृष्णहरि शर्मा, प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्मा, जिल्ला समन्वय प्रमुख उपप्रमुख, नगरपालिकाका मेयर उपमेयर, गाउँपालिका अध्यक्ष उपाध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमको अवसरमा भवन निर्माण कार्यमा सहयोग पु¥याउने विभिन्न सहयोगी, जग्गादाता, सहयोगी प्रहरी, निर्माण कम्पनीका प्रमुखहरूलाई प्रशंसा–पत्र तथा पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिकृया दिनुहोस
RadioSiddhababa

बाढीमा फसेका सुनकोशी गाउँपालिका १ को कुशेश्वर गुरुकुलका ३३ जनाको उद्धार

सिन्धुली, असोज १२, २०८१ शनिबार ।   अविरल वर्षापछि आएको बाढीमा फसेका सिन्धुलीको सुनकोशी गाउँपालिका १ स्थित कुशेश्वर गुरुकुलका ३३ जनाको उद्धार

RadioSiddhababa

बाढी पहिरोको कारण सिन्धुलीमा २ जनाको ज्यान गयो 

सिन्धुली, असोज १२, २०८१ शनिबार ।   निरन्तर बर्षाका कारण सिन्धुलीमा बाढी पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका १ दुम्जा

RadioSiddhababa

सिन्धुली र रामेछाप जोड्ने खुर्कोटको पुल बाढीले बगायो 

सिन्धुली, असोज १२, २०८१ शनिबार । अविरल बर्षासंगै सुनकोशी नदिमा आएको बाढीले रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पुल बगाएको छ । सिन्धुलीको गोलन्जोर