उच्च मनोबलका साथ सार्वजनिक सेवा प्रवाहमा जोड दिने सिन्धुलीका युनियनकर्मी कर्मचारीको प्रतिबद्धता

सिन्धुली, भदौ २०, २०८१ बिहिबार ।
सिन्धुलीका युनियन कर्मी निजामती कर्मचारीले देश र जनतालाई केन्द्रमा राखी उच्च मनोबलका साथ सार्वजनिक सेवा प्रवाहमा जोड दिने प्रतिबद्धता जनाएका छन् । नेपाल निजामती कर्मचारी युनियनको ३५ औं स्थापना दिवसको अवसरमा बुधबार आयोजित “गुणस्तरीय सार्वजनिक सेवा प्रवाहमा युनियन कर्मीको भुमिका” विषयक अन्तरक्रिया कार्यक्रममा यस्तो प्रतिवद्धता जनाएका हुन् ।
कार्यक्रममा सार्वजनिक सेवा छिटो, छरितो एवं सर्वसुलभ रुपमा सेवाग्राहीहरुले प्राप्त गर्न सक्ने अवस्थाको सुनिश्चितताका लागि हरेक युनियन कर्मी कर्मचारीहरुले लगनशील भै काम गर्नुपर्नेमा जोड दिइएको थियो । युनियन सिन्धुलीका कार्यवाहक अध्यक्ष पदम कुमार श्रेष्ठको अध्यक्षता तथा नेपाली कांग्रेस सिन्धुलीका सभापति एवं कमलामाई नगरपालिका सिन्धुलीका प्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी पोखरेलले नेपाल निजामती कर्मचारी युनियनमा आबद्द कर्मचारीले नागरिक प्रति जिम्मेवार भै उच्च गुणस्तरीय सेवा प्रदान सँगै कर्तव्यनिष्ठ ईमान्दार भएर काम गर्नुपर्ने बताउनुभयो । यस्तै कार्यक्रममा युनियन बागमती प्रदेश उपाध्यक्ष दिनेश कुमार पोखरेल, प्रदेश सदस्य कुमार थापा, युनियन सिन्धुलीका संस्थापक अध्यक्ष छ्त्र बहादुर श्रेष्ठ, पुर्व अध्यक्ष ध्रुव प्रसाद ढकाल सुर्य प्रसाद घिमिरे लगाएतले पनि नागरिकहरुलाई गुणस्तरीय सार्वजनिक सेवा प्रवाह गर्न लागि पर्नुपर्ने धारणा राख्नु भएको थियो ।
कार्यक्रममा युनियन सिन्धुलीले जिल्लामा शैक्षिक क्षेत्रमा उल्लेखनीय योग्दान पुर्याउनु भएका तथा अंग्रेजी विषयमा हालै बिद्याबारिधि हासिल गर्नु भएका सिद्धज्योति शिक्षा क्याम्पसका प्राध्यापक डा.नानीबाबु घिमिरेलाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण युनियन सिन्धुलीका सचीव राज कुमार महतराले गर्नुभएको थियो ।

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम बर्दिबासमा सम्पन्न
नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले महोत्तरीको बर्दिबासमा आयोजना गरेको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

तीन दिने निःशुल्क दाँत तथा आँखा शिविर बाट एक हजार भन्दा बढीले सेवा लिए
सिन्धुली, बैशाख २६, २०८२ शुक्रबार । हरिहरपुरगढी गाउँपालिकामा सञ्चालित तीन दिने निःशुल्क दाँत तथा आँखा शिविर बाट एक हजार भन्दा बढी स्थानीयले सेवा

कमलामाई नगरपालिका ४ का दलित तथा विपन्न परिवारलाई पानीट्यांकी वितरण
सिन्धुली, बैशाख २६, २०८२ शुक्रबार । सिन्धुलीको कमलामाई नगरपालिका वडा नंं. ४ मा रहेका विपन्न दलित परिवारलाई निःशुल्क पानीट्याङ्की वितरण गरीएको छ ।
प्रतिकृया दिनुहोस