नेपाल तरुण दल सिन्धुलीले दर कार्यक्रम माइती मिलन कार्यक्रमको आयोजना

सिन्धुली, भदौ १६, २०८१ आइतबार ।
नेपाल तरुण दल जिल्ला कार्यसमिति सिन्धुलीले नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अबसरमा दर कार्यक्रम तथा माइती मिलन कार्यक्रमको आयोजना गरेको छ । नेपाल तरुण दल सिन्धुलीका अध्यक्ष सहदेव मैनालीको अध्यक्षता तथा प्रतिनिधी सभा सदस्य तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एव संसदिय दलकी सचेतक सुसीला थिङ तामाङको प्रमुख आतिथ्यतामा तिज बिशेष दर खाने तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा प्रतिनिधी सभा सदस्य तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एव संसदिय दलकी सचेतक सुसीला थिङ तामाङले महिलाहरुले आफ्ना दुःख सुख र भावना साटासाट गर्ने रुपमा पनि तिज पर्वलाई लिईने गरिएको बताउनु भएको छ । यस पर्वले नेपालको धर्म संस्कृती झल्काउने भएकाले पहिचान झल्कने गरि पर्व मनाउनुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस सिन्धुलीका सभापती तथा कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोख्रेलले हिन्दु नारिहरुको महान पर्वका रुपमा मनाउदै आएको तिज पर्वमा विषेश गरेर अविवाहित महिलाहरुले राम्रो पति पाउनका लागि र विवाहित महिलाले पतिको दिर्घायुका लागी कामना गर्ने पर्वको रुपमा तिजलाई मनाउने गरीदै आएको, तर पछिल्लो समयमा यो पर्वमा विकृती पनी बढ्दै गईरहेकोले त्यसलाई न्युनिकरण गर्नुपर्ने बताउनु भएको छ । कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गायीका प्रतिमा अर्याल, डान्स च्यापीयन सिजन २ का उत्कृष्ट ६ का प्रतिसप्रर्धि अनिल सुनुवारले साङ्गितिक प्रस्तुती गुर्न भएको थियो ।
कार्यक्रममा कार्यक्रमा प्रतिनिधी सभा सदस्य तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एव संसदिय दलकी सचेतक सुसीला थिङ तामाङ, नेपाली कांग्रेस सिन्धुलीका सभापती तथा कमलामाई नगरपालिका प्रमुख उपेन्द्र कुमार पोखरेल, नेपाली कांग्रेस सिन्धुलीका निबर्तमान सभापती उज्वल प्रसाद बराल, लोकतान्त्रिक आदिबासी जनजाती महासंघ बागमती प्रदेशका सभापती तथा बागमती प्रदेशसभा सदस्य छेत्रबहादुर बम्जन, जिल्ला समन्वय समिति सिन्धुलिकी उपप्रमुख शान्ता कार्कि, तीनपाटन गाउँपालिका अध्यक्ष कर्ण बहादुर मगर, सुनकोसी गाउपालिका उपाध्यक्ष कपिल कोईराला, मरिण गाउँपालिका उपाध्यक्ष बिमला माझी लगायत नेपाली कांग्रेसमा आवद्ध महिलाहरुको उपस्थिती रहेको थियो ।
आपसी सद्भाव एवम सकारात्मक सन्देशका लागि माईतिको भूमिकामा नेपाल तरुण दल, सिन्धुली रहेको तरुण दल सिन्धुलीका अध्यक्ष सहदेव मैनालीले बताउनुभएको छ ।

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम बर्दिबासमा सम्पन्न
नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले महोत्तरीको बर्दिबासमा आयोजना गरेको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

तीन दिने निःशुल्क दाँत तथा आँखा शिविर बाट एक हजार भन्दा बढीले सेवा लिए
सिन्धुली, बैशाख २६, २०८२ शुक्रबार । हरिहरपुरगढी गाउँपालिकामा सञ्चालित तीन दिने निःशुल्क दाँत तथा आँखा शिविर बाट एक हजार भन्दा बढी स्थानीयले सेवा

कमलामाई नगरपालिका ४ का दलित तथा विपन्न परिवारलाई पानीट्यांकी वितरण
सिन्धुली, बैशाख २६, २०८२ शुक्रबार । सिन्धुलीको कमलामाई नगरपालिका वडा नंं. ४ मा रहेका विपन्न दलित परिवारलाई निःशुल्क पानीट्याङ्की वितरण गरीएको छ ।
प्रतिकृया दिनुहोस