सिन्धुलीमा चोरीको मोटरसाइकल सहित २ जना नियन्त्रणमा

सिन्धुली, साउन ११, २०८१ शुक्रबार ।
सिन्धुली प्रहरीले चोरीको मोटरसाइकल सहित २ जनालाई नियन्त्रणमा लिएको छ । वि.पि. राजमार्ग अन्तर्गत सुनकोशी गाउँपालिका १ स्थित आँपघारी बाट २ जनालाई नियन्त्रणमा लिइएको हो ।
नियमित चेकजाँज गर्ने क्रममा काभ्रे बाट सिन्धुली तर्फ आउदै गरेको सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका १४ का २५ बर्षिय गौरब तामाङले चलाएको बा.प्र. ०२–०५० प ७१८८ नं. को मोटरसाइकल अनुसन्धान गर्दा गएको ७ गते काठमाण्डौको टोखा बाट चोरी भएको भन्ने खुलेपछि मोटरसाइकल सहित उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
मोटरसाइकल चालक तामाङ सहित मोटरसाइकलको पछाडी सवार सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ५ का २६ बर्षिय रोशन मोक्तान लाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई आवश्यक कारवाहिको लागि प्रहरी बृत्त महाराजगंज पठाइएको प्रहरीले जनाएको छ ।

उद्योग वाणिज्य संघ सिन्धुलीको अध्यक्षमा अर्जुन श्रेष्ठ विजयी
सिन्धुली, फागुन २८, २०८१ बुधबार । सिन्धुली उद्योग वाणिज्य संघको निर्वाचन अन्तर्गत मतगणना सकिए संगै अध्यक्षमा अर्जुन कुमार श्रेष्ठ विजयी हुनु भएको छ

हरिहरपुरगढी गाउँपालिकामा स्थानिय तहको योजना तर्जुमा र सार्वजनिक खरिद प्रक्रिया सम्बन्धि प्रशिक्षण कार्यक्रमको उद्घाटन
सिन्धुली, फागुन २६, २०८१ सोमबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा स्थानिय तहको योजना तर्जुमा र सार्वजनिक खरिद प्रक्रिया सम्बन्धि ३ दिने

बागमती प्रदेश स्तरीय ३ दिने महिला कृषि उद्यम मेला सम्पन्न
सिन्धुली, फागुन २६, २०८१ सोमबार । सिन्धुलीमाढीमा संचालित ३ दिने बागमती प्रदेश स्तरीय महिला कृषि उद्यम मेला सम्पन्न भएको छ । बागमती प्रदेशसभा सदस्य
प्रतिकृया दिनुहोस