तीनपाटन गाउँपालिकाको आगामी आर्थिक बर्षको बजेट ८१ करोड ५० लाख 

RadioSiddhababa

सिन्धुली, असार १०, २०८१ सोमबार ।

 

सिन्धुलीको तीनपाटन गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ८१ करोड ५० लाख रुपैयाँको बजेट सहित निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार गाउँपालिकाको १४ औं गाउँ सभामा अध्यक्ष कर्णबहादुर थापाले वार्षिक निति तथा कार्यक्रम र उपाध्यक्ष धनबहादुर पुलामी (अशोक) ले बजेट सार्बजनिक गर्नुभएको हो ।


गाउँपालिकाले आगामी आर्थिक वर्ष कृषि, पशुपंक्षि, सिप विकास र रोजगार, शिक्षा, स्वास्थ्य र खानेपानीलाई प्राथमिकतामा राखेको छ । यस्तै पूर्वाधार विकास संगै आयुर्वेद, बहुक्षेत्रीय पोषण प्रवद्र्धन र सामाजिक सुरक्षा, खानेपानी र सरसफाइ, खेलकुद, वन तथा वातावरण, विपद व्यवस्थापन, संथागत विकास तथा सेवा प्रवाहलाई समेत कार्यक्रममा प्राथमिकता राखिएको अध्यक्ष थापाको भनाई छ ।


सोही निति तथा कार्यक्रम लाई प्राथमिकतामा राखेर संघिय सरकार, प्रदेश सरकारको शसर्त अनुदान सहित कुल ८१ करोड ५० लाख ३५ पैसा बराबरको आय÷व्यय अनुमान सार्वजनिक गरिएको उपाध्यक्ष पुलामीले जानकारी दिनुभयो ।


यस्तै तीनपाटन गाउँपालिकाको विनियोजन विधेयक २०८१, तीनपाटन गाउँपालिकाको आर्थिक विधेयक २०८१ लाई सर्वसम्मतिले पारित गर्दै १४ औं गाउँ सभा तथा अधिवेशन सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत पदमा बहादुर बस्नेतले जानकारी दिनुभयो ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

बाढीमा फसेका सुनकोशी गाउँपालिका १ को कुशेश्वर गुरुकुलका ३३ जनाको उद्धार

सिन्धुली, असोज १२, २०८१ शनिबार ।   अविरल वर्षापछि आएको बाढीमा फसेका सिन्धुलीको सुनकोशी गाउँपालिका १ स्थित कुशेश्वर गुरुकुलका ३३ जनाको उद्धार

RadioSiddhababa

बाढी पहिरोको कारण सिन्धुलीमा २ जनाको ज्यान गयो 

सिन्धुली, असोज १२, २०८१ शनिबार ।   निरन्तर बर्षाका कारण सिन्धुलीमा बाढी पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका १ दुम्जा

RadioSiddhababa

सिन्धुली र रामेछाप जोड्ने खुर्कोटको पुल बाढीले बगायो 

सिन्धुली, असोज १२, २०८१ शनिबार । अविरल बर्षासंगै सुनकोशी नदिमा आएको बाढीले रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पुल बगाएको छ । सिन्धुलीको गोलन्जोर