कमलामाई नगरपालिकाको आगामी आर्थिक बर्षको बजेट १ अर्ब ३५ करोड ९ लाख ५५ हजार 

RadioSiddhababa

सिन्धुली, असार १०, २०८१ सोमबार ।

 

कमलामाई नगरपालिका सिन्धुलीले आगामी आर्थिक बर्ष २०८१÷०८२ को निति कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । नगर सभाको १५ औं अधिवेशनको प्रथम बैठक मार्फत निति कार्यक्रम र बजेट प्रस्तुत गरिएको हो ।कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले कमलामाई नगरपालिकाको आगामी आ.ब. २०८१÷०८२ को नीति तथा कार्यक्रम र उपप्रमुख मञ्जु देवकोटाले नगरपालिकाको बिभिन्न बिधेयक र बजेट पेश गर्नुभएको छ । कमलामाई नगरपालिकाको आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि सशर्त रकम सहित कुल १ अर्ब ३५ करोड ९ लाख ५५ हजार रुपैयाँ विनियोजन गरिएको छ ।


नगर सभाको १५ औं अधिवेशनको प्रथम बैठकमा कमलामाई नगरपालिकाको आगामी आर्थिक बर्ष २०८१÷०८२ को लागि राजस्व र व्यय (बजेट) को अनुमान तथा कमलामाई नगरपालिकाको विनियोजन विधेयक २०८१, कमलामाई नगरपालिकाको अर्थ विधेयक २०८१ एवं महालेखा परीक्षकको विभाग द्वारा गत आर्थिक बर्ष २०७९÷०८० मा कमलामाई नगरपालिकाको नियमित गर्नु पर्ने भनी उल्लेख गरिएको बेरूजू नियमित गर्ने सम्बन्धी प्रस्ताव पेश भएकोमा छलफल पश्चात सर्वसम्मतिले पारीत भएको छ ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

बाढीमा फसेका सुनकोशी गाउँपालिका १ को कुशेश्वर गुरुकुलका ३३ जनाको उद्धार

सिन्धुली, असोज १२, २०८१ शनिबार ।   अविरल वर्षापछि आएको बाढीमा फसेका सिन्धुलीको सुनकोशी गाउँपालिका १ स्थित कुशेश्वर गुरुकुलका ३३ जनाको उद्धार

RadioSiddhababa

बाढी पहिरोको कारण सिन्धुलीमा २ जनाको ज्यान गयो 

सिन्धुली, असोज १२, २०८१ शनिबार ।   निरन्तर बर्षाका कारण सिन्धुलीमा बाढी पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका १ दुम्जा

RadioSiddhababa

सिन्धुली र रामेछाप जोड्ने खुर्कोटको पुल बाढीले बगायो 

सिन्धुली, असोज १२, २०८१ शनिबार । अविरल बर्षासंगै सुनकोशी नदिमा आएको बाढीले रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पुल बगाएको छ । सिन्धुलीको गोलन्जोर