हरिहरपुरगढी गाउँपालिकाको आगामी आर्थिक बर्षको बजेट ६८ करोड ५९ लाख ७७ हजार

RadioSiddhababa

सिन्धुली, असार १०, २०८१ सोमबार ।

'
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१÷०८२ को निति कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको १५ औं गाउँसभाको प्रथम बैठक मार्फत आगामी आर्थिक बर्षको निति कार्यक्रम र बजेट प्रस्तुत गरिएको हो । गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइवाले आगामी आर्थिक बर्षको निति कार्यक्रम प्रस्तुत गर्नुभएको छ । आगामी आर्थिक बर्षको निति कार्यक्रममा कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, भौतीक पूर्वाधार, लगायतको क्षेत्रलाई प्राथमिकतामा राखीएको छ । 


आगामी आर्थिक बर्ष २०८१÷०८२ को लागि ६८ करोड ५९ लाख ७७ हजार बजेट बिनियोजन गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष चेख बहादुर थिङले आगामी बर्षको बजेट प्रस्तुत गर्नुभएको हो । वित्तिय समानिकरण संघिय सरकार बाट ९ करोड ६२ लाख, प्रदेश सरकार बाट ९१ लाख ६९ हजार, संघिय सरकार राजस्व बाँडफाँड बाट १२ करोड  २१ लाख, प्रदेश सरकार वाँडफाँड बाट प्राप्त हुने सवारी साधन कर ४ करोड ३२ लाख १ हजार ५ सय, स्थानीय राजस्व वाँडफाँड ६० लाख, संघिय सरकार शसर्त चालु २० करोड १६ लाख २५ हजार, संघिय सरकार शसर्त पूँजिगत ९ करोड ३१ लाख प्राप्त गर्ने उपाध्यक्ष थिङले बताउनुभयो ।


त्यस्तै प्रदेश शसर्त अनुदान चालु १ करोड ३८ लाख ८४ हजार, संघिय सरकार विषेश अनुदान पुँजीगत ३ करोड ८० लाख, संघिय सरकार समपुरक अनुदान ६० लाख, प्रदेश समपुरक अनुदान ५० लाख र गत वर्षको अनुमानीत संचितकोष बचत र अन्य प्राप्तीबाट ३ करोड ४६ लाख ९८ हजार ५ सय उपाध्यक्ष थिङले प्रस्तुत गर्नुभएको छ । 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

बाढीमा फसेका सुनकोशी गाउँपालिका १ को कुशेश्वर गुरुकुलका ३३ जनाको उद्धार

सिन्धुली, असोज १२, २०८१ शनिबार ।   अविरल वर्षापछि आएको बाढीमा फसेका सिन्धुलीको सुनकोशी गाउँपालिका १ स्थित कुशेश्वर गुरुकुलका ३३ जनाको उद्धार

RadioSiddhababa

बाढी पहिरोको कारण सिन्धुलीमा २ जनाको ज्यान गयो 

सिन्धुली, असोज १२, २०८१ शनिबार ।   निरन्तर बर्षाका कारण सिन्धुलीमा बाढी पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका १ दुम्जा

RadioSiddhababa

सिन्धुली र रामेछाप जोड्ने खुर्कोटको पुल बाढीले बगायो 

सिन्धुली, असोज १२, २०८१ शनिबार । अविरल बर्षासंगै सुनकोशी नदिमा आएको बाढीले रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पुल बगाएको छ । सिन्धुलीको गोलन्जोर