सिन्धुलीमा ६ सय १५ किलो गाँजा सहित एक जना पक्राउ

RadioSiddhababa

सिन्धुली, असार ९, २०८१ आइतबार ।


सिन्धुली प्रहरीले लागुऔषध गाँजा सहित १ जनालाई नियन्त्रणमा लिएको छ । जिल्लाको हरिहरपुरगढी गाउँपालिका ७ स्थित थोले ब्लोनको गोठमा खोजतलास गर्दा गाँजा सहित उदयपुरको कटारी नगरपालिका ६ का ४६ बर्षिय कुमार पाख्रिन लाई नियन्त्रणमा लिइएको हो ।


बिशेष सुचनाको आधारमा गएराति १ बजे सिन्धुली बाट गएको प्रहरी टोलिले लागुऔषध गाँजा लुकाएर राखिएको भन्ने स्थानमा खोतलास गरिएको थियो । खोजतलास गर्दा उक्त स्थानबाट प्रहरीले ६ क्वीन्टर १५ केजी गाँजा सहित पाख्रिनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । गोठमा फलामको ड्रममा लुकाएर राखिएको अवस्थामा गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।


पक्राउ परेका पाख्रिन हरिहरपुरगढी गाउँपलिका ७ चिसापानी बस्दै आएका छन् । पाख्रिनलाई प्रहरी कार्यालयले मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

बाढीमा फसेका सुनकोशी गाउँपालिका १ को कुशेश्वर गुरुकुलका ३३ जनाको उद्धार

सिन्धुली, असोज १२, २०८१ शनिबार ।   अविरल वर्षापछि आएको बाढीमा फसेका सिन्धुलीको सुनकोशी गाउँपालिका १ स्थित कुशेश्वर गुरुकुलका ३३ जनाको उद्धार

RadioSiddhababa

बाढी पहिरोको कारण सिन्धुलीमा २ जनाको ज्यान गयो 

सिन्धुली, असोज १२, २०८१ शनिबार ।   निरन्तर बर्षाका कारण सिन्धुलीमा बाढी पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका १ दुम्जा

RadioSiddhababa

सिन्धुली र रामेछाप जोड्ने खुर्कोटको पुल बाढीले बगायो 

सिन्धुली, असोज १२, २०८१ शनिबार । अविरल बर्षासंगै सुनकोशी नदिमा आएको बाढीले रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पुल बगाएको छ । सिन्धुलीको गोलन्जोर