सिन्धुली स्थित सुनकोसी नदीमा हाम फालेका पुरुष वेपत्ता

RadioSiddhababa

सिन्धुली, असार १, २०८१, शनिबार ।


सुनकोसी नदीमा हाम फालेका एक जना पुरुष वेपत्ता भएका छन् । गएराति १० बजेको समयमा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ खुर्कोट बजार बाट रामेछाप जाने नदीको पुलमाथी बाट हाम फालेका पुरुष वेपत्ता भएका हुन् । अपरिचित व्यक्तिले पुलबाट नदीमा हाम फालेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

 

ईलाका प्रहरी कार्यालय खुर्कोट बाट प्रहरी टोली घटनास्थलमा पुग्दा बेपत्ता भएका ब्यक्तीले बोकेको एक थान मोवाइल प्रहरीले फेला पारेको थियो । अनुसन्धान गर्दा नदीमा हाम फालेर वेपत्ता हुने पुरुष काठमाडौँ महानगरपालिका–६ बौद्धका ५६ बर्षिय विष्णु प्रसाद संग्रौला रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्द राज काफ्लेले जानकारी दिनुभयो । 


बेपत्ता भएका संग्रौलाको परिवारलाई घटनाको बिषयमा जानकारी गराइएको उहाँले बताउनुभयो । बेपत्ता भएका संग्रौलाको खोजी कार्यमा १६ जनाको प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

गोलन्जोर गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट ५७ करोड ४ लाख ११ हजार ५ सय रुपैयाँ 

सिन्धुली, असार १०, २०८१ सोमबार । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गोलन्जोर गाउँ

RadioSiddhababa

तीनपाटन गाउँपालिकाको आगामी आर्थिक बर्षको बजेट ८१ करोड ५० लाख 

सिन्धुली, असार १०, २०८१ सोमबार ।   सिन्धुलीको तीनपाटन गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ८१ करोड ५० लाख रुपैयाँको बजेट सहित निति तथा

RadioSiddhababa

कमलामाई नगरपालिकाको आगामी आर्थिक बर्षको बजेट १ अर्ब ३५ करोड ९ लाख ५५ हजार 

सिन्धुली, असार १०, २०८१ सोमबार ।   कमलामाई नगरपालिका सिन्धुलीले आगामी आर्थिक बर्ष २०८१÷०८२ को निति कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । नगर सभाको