सिन्धुलीको तीनपाटन गाउँपालिका ११ लाई बालमैत्री वडा घोषणा

RadioSiddhababa

सिन्धुली, जेठ ३२, २०८१ शुक्रबार ।


सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नं. ११ लाई बालमैत्री वडा घोषणा गरिएको छ । बालमैत्री स्थानीय शासन सम्बन्धी ५१ वटा सूचक पुरा गरेकाले तीनपाटन गाउँपलिका वडा नं ११ लाइ ‘बालमैत्री’ वडा घोषणा गरिएको हो । तीनपाटन गाउँपालिका वडा नं. ११ का वडा अध्यक्ष तीलक बहादुर बस्नेतको अध्यक्षता तथा सिन्धुली क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य श्याम कुमार घिमिरेको प्रमुख आतिथ्यतामा वडालाई बालमैत्री वडा घोषणा गरिएको हो । 


यो संगै तीनपाटन गाउँपालिकामा ३ वटा र सिन्धुली जिल्लामा भने ४ वटा वडा बालमैत्री घोषणा भएका छन् । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ ले निर्दिष्ट गरेका तहगत खुड्कीला, सूचक र मापदण्ड पुरा गरेकाले सिन्धुलीका ७९ वडामध्ये तीनपाटन गाउपालिका वडा नं ११ बालमैत्री वडा घोषणामा चौथो भएको छ ।


यस अघि तीनपाटन गाउपालिकाको वडा नं ५ र १० लाइ र आइतबार फिक्क्ल गाउँपालिका वडा नं. ५ लाई बालमैत्री स्थानीय शासन वडा घोषणा गरिसकिएको छ । स्थानीय शासन कार्यविधी २०६८ बमोजिम ३० वटा, बालमैत्री स्थानीय शासन संक्षिप्त पुस्तिकाले थप गरेको १२ वटा र गाउँपालिकाले निर्धारण गरेको बालबालिका सम्बन्धी ९ वटा सुचांक पुरा गरेकाले बालमैत्री वडा घोषणा भएको हो । 


बालमैत्री वडा घोषणा कार्यक्रममा सिन्धुली क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य श्याम कुमार घिमिरले तीनपाटन गाउँपालिकाका सम्पूर्ण वडाहरु बालमैत्री स्थानीय शासनको रुपमा परिवर्तन गदै लैजानुपर्ने बताउनु भयो । विकास निर्माणका लागि व्यक्तिगत समस्या एवं कुनै पनि कामका लागि कुनै पनि पार्टी नभनी जनताको प्रतिनिधि भएकोले जनताको काम गर्नुपर्नेे भावनाले काम गर्नुपर्ने बताउदै जनताको कुनै पनि समस्या समाधानको लागि तत्पर रहेको उहाँको भनाई छ ।


कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कारसाङ लामाले बालमैत्री शासनलाई कसरी दिगोपन बनाउने कुरामा गम्भीर भएर अगाडि बढ्नुपर्ने बताउनु भएको छ । बालमैत्री पक्षलाई  घरबाटै सुरुवात गर्नुपर्ने हुदा घर, समाज, वडा तथा पालिका बाट बालमैत्री सुशासनलाई दिगोपना दिन मेहनत गर्नुपर्ने र सम्पूर्ण व्यक्ति संस्था सरकार सबैले जिम्मा लिएर अघि बढ्नु पर्ने हुदा सबैको त्यत्तिकै महत्वपूर्ण भूमिका हुने उहाँको भनाई छ  । 


त्यस्तै तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर मगरले तीनपाटन गाउँपालिकाको क्रमश ११ वटै वडा बालमैत्री वडा घोषणा गरेर यो जिल्लाकै पहिलो गाउँपालिका बालमैत्री बनाउने अभियानमा लागि परिरहेको भएको बताउनुभएको छ । जनप्रतिनिधि देखि सामान्य जनता सम्मले  बालबालिकालाई ध्यान दिनुपर्ने र बालमैत्री भनेको बालबालिकाको स्वास्थ्य, शिक्षामा गुणस्तर लगायत अन्य कुरालाई जोड्दै लानुपर्ने बताउदै असार १० गतेभित्र वडा नम्बर १ लाई बालमैत्री वडा घोषणा गर्ने तयारीमा लागिरहेको उहाँले बताउनुभयो ।


कार्यक्रममा बागमति प्रदेश सभा सदस्य राम कुमार पहाडी, जिल्ला समन्वय समितिकी उपप्रमुख शान्ता कार्की, जिल्ला समन्वय अधिकारी राम कुमार कार्की, तीनपाटन गाउँपालिका उपाध्यक्ष धन बहादुर पुलामी, रिलीफ नेपाल सिन्धुलीका अध्यक्ष दुर्गा पौडेल लगायत तीनपाटन गाउँपालिकाको बिभिन्न वडाका वडाअध्यक्ष हरु, बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

गोलन्जोर गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट ५७ करोड ४ लाख ११ हजार ५ सय रुपैयाँ 

सिन्धुली, असार १०, २०८१ सोमबार । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गोलन्जोर गाउँ

RadioSiddhababa

तीनपाटन गाउँपालिकाको आगामी आर्थिक बर्षको बजेट ८१ करोड ५० लाख 

सिन्धुली, असार १०, २०८१ सोमबार ।   सिन्धुलीको तीनपाटन गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ८१ करोड ५० लाख रुपैयाँको बजेट सहित निति तथा

RadioSiddhababa

कमलामाई नगरपालिकाको आगामी आर्थिक बर्षको बजेट १ अर्ब ३५ करोड ९ लाख ५५ हजार 

सिन्धुली, असार १०, २०८१ सोमबार ।   कमलामाई नगरपालिका सिन्धुलीले आगामी आर्थिक बर्ष २०८१÷०८२ को निति कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । नगर सभाको