भगवती बाल क्लबले मनायो विश्व बालश्रम विरुद्ध दिवस

RadioSiddhababa

सिन्धुली, जेठ ३०, २०८१ बुधबार ।


विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा भगवती बाल क्लबले जनचेतनामूलक प्रभात फेरी एवम कोण सभा गरी मनाएको छ । सिन्धुलीमाढी स्थित भगवती अंग्रेजी आवासीय मा.वि.अन्तर्गत वि.सं. २०६४ सालमा स्थापित भगवती बाल क्लबले “बालश्रम विरुद्धको हाम्रो प्रतिबद्धतामा प्रतिबद्ध रहौँ” भन्ने मुल नाराका साथ आज बिहान जनचेतनामूलक प्रभात फेरी एवम कोण सभा गरी बालश्रम विरुद्धको दिवस भव्यताका साथ मनाइएको हो । विद्यालय प्राङ्गण बाट शुरु भएको प्रभात फेरी कार्यक्रम सिन्धुलीको मुख्य बजार हुँदै कमलामाई नगरपालिकाको अगाडि लोकतान्त्रिक चोकमा पुगेर कोण सभामा  परिणत भएको थियो ।

 

 

विद्यालयका संस्थापक एवम् प्रधानाध्यापक कृष्ण कुमार उप्रेतीले आफ्नो विद्यालयले बाल दिवस, बालश्रम विरुद्धको दिवस लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवसहरु विद्यार्थीहरुको सक्रिय सहभागितामा मनाउँदै आएको र नेतृत्व गर्ने क्षमता अभिवृद्धिका लागि भगवती बाल क्लबका पदाधिकारीहरुलाई अग्रसर गराउँदै आएको बताउँदै बालबालिकाहरुलाई हरेक क्षेत्रबाट बालश्रम मुक्त गर्नुपर्ने, विश्वका हरेक राष्ट्रले अन्तराष्ट्रिय बालसन्धि अनुरुप कार्य गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।  

 


 

भगवती बाल क्लबको आयोजनामा बाल क्लबका अध्यक्ष रशिक काफ्लेको अध्यक्षतामा भएको कोणसभामा विद्यालयका सहायक प्रधानाध्यापक तमिज सेल्भम, शैक्षिक निर्देशक सन्तोष श्रेष्ठ लगायतको उपस्थिति थियो । 

 

 


 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

गोलन्जोर गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट ५७ करोड ४ लाख ११ हजार ५ सय रुपैयाँ 

सिन्धुली, असार १०, २०८१ सोमबार । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गोलन्जोर गाउँ

RadioSiddhababa

तीनपाटन गाउँपालिकाको आगामी आर्थिक बर्षको बजेट ८१ करोड ५० लाख 

सिन्धुली, असार १०, २०८१ सोमबार ।   सिन्धुलीको तीनपाटन गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ८१ करोड ५० लाख रुपैयाँको बजेट सहित निति तथा

RadioSiddhababa

कमलामाई नगरपालिकाको आगामी आर्थिक बर्षको बजेट १ अर्ब ३५ करोड ९ लाख ५५ हजार 

सिन्धुली, असार १०, २०८१ सोमबार ।   कमलामाई नगरपालिका सिन्धुलीले आगामी आर्थिक बर्ष २०८१÷०८२ को निति कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । नगर सभाको