सिन्धुलीको फिक्कल गाउँपालिका ५ लाई बालमैत्री वडा घोषणा

RadioSiddhababa

सिन्धुली, जेठ ३०, २०८१ बुधबार ।

 

सिन्धुलीको फिक्कल गाउँपालिका ५ लाई बालमैत्री वडा घोषणा गरिएको छ । ५१ वटा सूचक पुरा गरेपछि फिक्कल गाउँपलिका वडा नं ५ लाइ बुधबार ‘बालमैत्री’ वडा घोषणा गरिएको हो । यो संगै सिन्धुली जिल्लामा ३ वटा वडा बालमैत्री घोषणा भएका छन् । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ ले निर्दिष्ट गरेका तहगत खुड्कीला, सूचक र मापदण्ड पुरा गरेकाले सिन्धुलीका ७९ वडामध्ये फिक्कल गाउपालिका वडा नं ५ तेस्रो  भएको हो ।

 


 

यस अघि जिल्लाको तीनपाटन गाउपालिकाको वडा नं ५ र १० लाइ बालमैत्री स्थानीय शासन वडा घोषणा गरिएको छ । बालबालिकाको बचाउ, संरक्षण, विकास, अर्थपूर्ण सहभागिता, अधिकारलाइ स्थानीयतहको नीति, संरचना, प्रणाली र कार्यप्रकृया व्यवहारमा संस्थागत गरेकाले बालमैत्री वडा घोषणा भएको फिक्कल गाउपालिकाका उपाध्यक्ष राजु बरालले बताउनुभयो । स्थानीय शासन कार्यविधी २०६८ बमोजिम ३० वटा, बालमैत्री स्थानीय शासन संक्षिप्त पुस्तिकाले थप गरेको १२ वटा र गाउँपालिकाले निर्धारण गरेको बालबालिका सम्बन्धी ९ वटा सुचांक पुरा गरेकाले बालमैत्री वडा घोषणा भएको हो । 

 


 

बालमैत्री वडा घोषणा भएको सुखद दिन भनेर विद्यालयहरुका बालबालिकाले प्लेकार्ड सहित कार्यक्रममा सहभागिता जनाएका थिए । वडामा हुने हरेक गतिबिधिमा बालबालिकाहरुको अर्थपूर्ण सहभागिताको सुनिश्चितता गर्न र अन्य वडाहरुलाइ समेत प्रेरणा मिलोस भनेर सोल्पाको डाडाबाट पञ्चेबाजाले गुञ्जयमान बनाइ घोषणा गरिएको वडाध्यक्ष बैकुण्ठलाल पहाडीले बताउनुभयो ।  
 

जिल्ला समन्वय समिति र गाउँपालिका बाट सूचांक सहित शिफारिस भएपछि तेस्रो बालमैत्री वडा भएको वडाध्यक्ष पहाडीले जानकारी दिनुभयो । घोषणा कार्यक्रममा बालविवाह बिरुद्ध चेतना मुलक नृत्य तथा गजल प्रस्तुत गरिएको थियो । बालबालिकामा लगानी गरे यो देस फेरि बन्छ भनेर गायक समेत रहेका गाउपालिका उपाध्यक्ष बरालले कार्यक्रममा गीत गाउनुभएको थियो । घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कारसाङ लामाले बालबालिकालाइ सुनौं र बाल सरोकारका निर्णय प्रकृयामा अर्थपूर्ण सहभागिताको सुनिश्चितताको लागि हस्ताक्षर गरेका गर्नुभएको छ ।

 

 


बालविवाहको अन्त्य, शिक्षा, स्वास्थ्य, बाल बचावट, बालसंरक्षण, विकास र अधिकार शुनिश्चित गर्नका लागि खवरदारी गर्नेछौं भनेर समन्वय प्रमुख लामा, गाउपालिका अध्यक्ष पार्वती सुनुवार लगायत जनप्रतिनिधि, शिक्षक, कर्मचारी, संचारकर्मी लगायतले प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका छन् । बालमैत्री वडा घोषणाका लागि वल्र्डभिजन इन्टरनेशनको सहयोग तथा रिलिफ नेपाल र सिड्स नेपालले वडाका १० जना बालबालिकाहरुलाइ क्षमता विकासका नेतृत्वको शीप विकास तालिम प्रदान गरेको छ ।

 


फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले फिक्कलका ६ वटै वडा र अरु ८ पालिकाका सबै वडामा बालमैत्री घोषण हुनुपर्नेमा जोड दिनुभयो । उहाँले बालबालिकाहरु खबरदारी र आफुनो हकहितको लागि आफैं सक्रिय भएर लागेकाले अब तलमाथी हुने संभावना नरहेको  बताउनुभयो । 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

गोलन्जोर गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट ५७ करोड ४ लाख ११ हजार ५ सय रुपैयाँ 

सिन्धुली, असार १०, २०८१ सोमबार । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गोलन्जोर गाउँ

RadioSiddhababa

तीनपाटन गाउँपालिकाको आगामी आर्थिक बर्षको बजेट ८१ करोड ५० लाख 

सिन्धुली, असार १०, २०८१ सोमबार ।   सिन्धुलीको तीनपाटन गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ८१ करोड ५० लाख रुपैयाँको बजेट सहित निति तथा

RadioSiddhababa

कमलामाई नगरपालिकाको आगामी आर्थिक बर्षको बजेट १ अर्ब ३५ करोड ९ लाख ५५ हजार 

सिन्धुली, असार १०, २०८१ सोमबार ।   कमलामाई नगरपालिका सिन्धुलीले आगामी आर्थिक बर्ष २०८१÷०८२ को निति कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । नगर सभाको