कमलामाई नगरपालिकामा संचालित शैक्षिक संस्थाहरुमा ७ दिने गर्मी बिदा

RadioSiddhababa

सिन्धुली, जेठ ३०, २०८१ बुधबार ।


सिन्धुलीको कमलामाई नगरपालिकाले नगरपालिकामा संचालित शैक्षिक संस्थाहरुमा गर्मी बिदा दिएको छ । नागरिक बाट गर्मी अत्याधिक बढेको गुनासो आएको भन्दै नगरपालिकामा संचालित सामुदायिक तथा संस्थागत बिद्यालयहरुमा ७ दिन बिदा दिने निर्णय गरिएको हो । 


केहि दिन देखि अत्याधिक गर्मी बढेकाले जनजिवन प्रभावित भई बालबालिकाहरु घरबाट बिद्यालय आउन तथा पठनपाठन गर्न कठिनाई भएकाले जेठ ३१ गते देखि असार ५ गते सम्म गर्मी बिदा दिइएको कमलामाई नगरपालिकाले जनाएको छ । ७ दिनको बिदा बर्खे बिदा बाट कट्टा हुने गरि नगरपालिकामा संचालित सबै बिद्यालय बन्द गर्न आग्रह गरिएको छ ।

प्रतिकृया दिनुहोस
RadioSiddhababa

गोलन्जोर गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट ५७ करोड ४ लाख ११ हजार ५ सय रुपैयाँ 

सिन्धुली, असार १०, २०८१ सोमबार । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गोलन्जोर गाउँ

RadioSiddhababa

तीनपाटन गाउँपालिकाको आगामी आर्थिक बर्षको बजेट ८१ करोड ५० लाख 

सिन्धुली, असार १०, २०८१ सोमबार ।   सिन्धुलीको तीनपाटन गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ८१ करोड ५० लाख रुपैयाँको बजेट सहित निति तथा

RadioSiddhababa

कमलामाई नगरपालिकाको आगामी आर्थिक बर्षको बजेट १ अर्ब ३५ करोड ९ लाख ५५ हजार 

सिन्धुली, असार १०, २०८१ सोमबार ।   कमलामाई नगरपालिका सिन्धुलीले आगामी आर्थिक बर्ष २०८१÷०८२ को निति कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । नगर सभाको