सुनकोशी नदिमा डुबेर एक महिलाको मृत्यु

RadioSiddhababa

सिन्धुली, जेठ २९, २०८१ मंगलबार ।


सुनकोशी नदिमा डुबेर एक महिलाको मृत्यु भएको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ हैबार बेसी स्थित सुनकोशी नदि किनारमा नुहाउने क्रममा डुबेर ३० बर्षिय चन्द्रकला हायुको मृत्यु भएको हो । गोलन्जोर गाउँपालिका ६ मेवाबोटे घर भई हाल हैबारबेसी कटहरेमा डेरा गरी बस्दै आएका मुका बहादुर हायुकी ३० बर्षिय श्रीमती चन्द्रकला हायु सहित अन्य आफन्त समेत सोमबार सुनकोशी नदिमा नुहाउन गएका थिए ।


नुहाउने क्रममा ढुंगामा चिप्लीएर चन्द्रकला हायु बेपत्ता भएकोमा प्रहरी सहितको टोलीले खोजतलास गर्दा डुबेर मृत अबस्थामा सव फेला परेको थियो । घटना स्थल बाट प्रारम्भीक कार्य सम्पन्न गरि सवलाई पोष्टमार्टमको लागि सिन्धुली अस्पताल ल्याइएको सिन्धुली प्रहरीले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

गोलन्जोर गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट ५७ करोड ४ लाख ११ हजार ५ सय रुपैयाँ 

सिन्धुली, असार १०, २०८१ सोमबार । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गोलन्जोर गाउँ

RadioSiddhababa

तीनपाटन गाउँपालिकाको आगामी आर्थिक बर्षको बजेट ८१ करोड ५० लाख 

सिन्धुली, असार १०, २०८१ सोमबार ।   सिन्धुलीको तीनपाटन गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ८१ करोड ५० लाख रुपैयाँको बजेट सहित निति तथा

RadioSiddhababa

कमलामाई नगरपालिकाको आगामी आर्थिक बर्षको बजेट १ अर्ब ३५ करोड ९ लाख ५५ हजार 

सिन्धुली, असार १०, २०८१ सोमबार ।   कमलामाई नगरपालिका सिन्धुलीले आगामी आर्थिक बर्ष २०८१÷०८२ को निति कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । नगर सभाको