लैङ्गिक उत्तरदायी विद्यालय तथा समुदाय सुरक्षा पहल परियोजनाको परियोजना समापन तथा दिगोपना रणनीति निमार्ण कार्यशाला कार्यक्रम सम्पन्न

RadioSiddhababa

सिन्धुली, जेठ १०, ८०८१ बिहिबार ।

 

लैङ्गिक उत्तरदायी विद्यालय तथा समुदाय सुरक्षा पहल परियोजना अन्तरगर्त परियोजना समापन तथा दिगोपना रणनीति निमार्ण कार्यशाला कार्यक्रम सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपाल तथा मानव तथा राष्ट्रिय विकास समाज ह्याण्स नेपाल सिन्धुलीको साझेदारीमा संचालित लैङ्गिक उत्तरदायी विद्यालय तथा समुदाय सुरक्षा पहल परियोजनाको समापन तथा दिगोपना रणनीति निमार्ण कार्यशाला सम्पन्न गरिएको हो । 


कार्यक्रममा ह्यान्डस् नेपाल सिन्धुलीका अध्यक्ष बासुदेव अधिकारीको अध्यक्षता तथा दुधौली नगरपालिकाका नगर प्रमुख दिनेश अधिकारीको प्रमुख आथिथ्यता, मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तान प्रख्यातको विशिष्ट आतिथ्यता रहेको थियो ।
 
परियोजना अन्तर्गत बृहत विद्यालय सुरक्षा ढाँचासँग प्रतिवद्ध भई विद्यालयमा सुरक्षित तथा लैगिंक उत्तरदायी वातावरण सुदृढ गर्ने उदेश्यले विद्यालय विपद् व्यवस्थापन समिति अन्तर्गत बनेका विभिन्न कार्यदलहरुको क्षमता अभिवृद्धी भएको र कार्यदलहरुको आफ्नो जिम्मेवारी तथा भुमिकामा स्पष्टता भई सोही अनुसार कार्य गर्दै आएको थियो ।
 
परियोजनाको कारण विद्यालयको सुरक्षित भवन निर्माण, विद्यालयमा विपद् व्यवस्थापन सम्बन्धि सुचना कक्ष स्थापना, विद्यालयमा महिनावारी स्वाच्छता व्यवस्थापनका कार्य, अल्पिकरणका कार्यहरु, सुरक्षित खानेपानी व्यवस्थापन, विद्यालयमा सरसफाई तथा स्वच्छता व्यवस्थापन, गिफ्ट अफ होप अभियान जस्ता गतिविधी बाट विद्यालयमा विद्यालय छाड्ने दरमा कमी तथा नजिकका सेवा क्षेत्रबाट विद्यालयमा विद्यार्थी संख्यामा वृद्धी भएको छ ।
 
सामाजिक मुल्य र मान्यतामा परिवर्तन, सस्थागत रुपमा लैङ्गिक सहभागिता वा सशक्तिकरण, पुरुष वा अन्य लैंगिक समुहसँगको सहकार्य, अवस्था र हैसियतमा बढावा, विविधताको सम्मान, अनुकुल वातावरण निर्माणलाई परियोजना लैङ्गिक रुपान्तरणमुखी छ छैन भनी यी सूचकहरुलाई आधार मानिएको छ ।


परियोजनाबाट प्राप्त उपलब्धीहरु स्थानीय, प्रादेशिक, राष्ट्रिय तथा क्षेत्रीय तहमा लैङ्गिक उत्तरदायी सुरक्षित विद्यालयको प्रभाव बढाएको छ । त्यस्तै परियोजनाको सहयोगमा सिन्धुलीका दुधौली नगरपालिकाका  र मरिण गाउँपालिका २ वटा स्थानिय तहमा सञ्चालित स्थानिय आपत्कालिन कार्यसञ्चालन केन्द्रहरु सुविधायुक्त तथा सञ्चालनरत अवस्थामा रहेका छन् भने स्थानिय तहहरुसंगको साझेदारीमा परियोजना सँग सम्बन्धीत केही गतिविधिहरु सञ्चालन गरिएको छ ।


असल अभ्यासहरुको निरन्तरताको लागि परियोजनाले लैंगिक उत्तरदायि, समावेशी र पहुँचयुक्तता लाई आधार मानेर भिडियो, पोष्टर, तालीम ८ पुस्तिका तथा सूचना, शिक्षा र संचार सामग्रीहरु निर्माण गरेको छ ।

 

प्रदेश स्तरीय कार्यशालामा यी सामग्रीहरु स्थानीय पाठ्यक्रम, अतिरिक्त क्रियाकलापहरुमा लागु गर्न सकिने भनेर छलफल भएको र आगामी दिनमा स्थानीय सरकारले यी सामग्रीहरुको प्रयोग गर्ने निर्णय गर्दा सुरक्षित विद्यालय प्रवर्द्धन गर्ने सरकारको नीतिमा टेवा पुग्ने तथा तयार भएका निर्देशिका, नीति तथा योजनाहरु सात चरणको योजना तर्जुमा प्रकृयामा समावेश गराई कार्यान्वयनमा लैजानेको लागि स्थानीय सरकारका सम्बन्धित विभागहरुको ठूलो भूमिका रहेको छ ।

 

भने बहु–जोखीम लेखाजोखा एप को आधारमा विद्यालयको अवस्था अध्यावधिक गर्ने र विद्यालय सुधार योजना बनाउँदा यसलाई आधार मान्न सके आवश्यक्ताको आधारमा प्राथमिकिकरण भै श्रोतको उचित प्रयोगमा टेवा पुग्ने एवं जलवायुमैत्री खेती प्रणालीलाई विद्यालयमा पनि नमूना टनेलहरु निर्माण गरी शुरुवात गर्दा विद्यार्थीहरुलाई व्यवहारिक रुपमा सिंचन सजिलो हुने छ ।

 

कार्यक्रमको अवसरमा मरिण गाउँपालिकाका अध्यक्ष विर्मस मुक्तान प्रख्यातले कि आफुले गर्नु पर्र्ने कि अरुले सिकाएको बाटो हिड्नु पर्छ भन्ने भनाईलाई आत्मसाथ गदै पालिकामा आफुले जानेको आफैले गर्ने र नजार्नेका कुरा अरुबाट सिक्ने प्रक्रिया बाट अघि बढिरहेको बताउनुभएको छ । सहकार्य समन्वय नै विकासको आजको आवश्यक्ता रहेको र गाउँपालिकामा काम गर्न इच्छुक हुने विभिनन संस्थाहरुलाई हिर्दय देखि नै स्वागत गर्ने उहाँले बताउनु भयो । 

 

प्रियोजनाले बालबालिकाहरुलाई ईसिडी कक्षा हुदै उच्च शिक्षा सम्म लानको निम्ति आर्थिक, भौतिक पाटोबाट सहयोग गरेको र शिक्षा क्षेत्रमा समेत सुधार संगै धेरै कुरामा परिवर्तन भएको दुधौली नगरपालिकाको नगर प्रमुख दिनेश अधिकारीले बताउनुभयो । 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुली स्थित सुनकोसी नदीमा हाम फालेका पुरुष वेपत्ता

सिन्धुली, असार १, २०८१, शनिबार । सुनकोसी नदीमा हाम फालेका एक जना पुरुष वेपत्ता भएका छन् । गएराति १० बजेको समयमा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७

RadioSiddhababa

सिन्धुलीको तीनपाटन गाउँपालिका ११ लाई बालमैत्री वडा घोषणा

सिन्धुली, जेठ ३२, २०८१ शुक्रबार । सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नं. ११ लाई बालमैत्री वडा घोषणा गरिएको छ । बालमैत्री स्थानीय शासन सम्बन्धी ५१ वटा

RadioSiddhababa

भगवती बाल क्लबले मनायो विश्व बालश्रम विरुद्ध दिवस

सिन्धुली, जेठ ३०, २०८१ बुधबार । विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा भगवती बाल क्लबले जनचेतनामूलक प्रभात फेरी एवम कोण सभा गरी मनाएको छ । सिन्धुलीमाढी