सिन्धुलीको तीनपाटन गाउँपालिकामा गाउँपालिका स्तरिय बाल भेला संचालन

RadioSiddhababa

सिन्धुली, जेठ ९, २०८१ बुधबार ।


सिन्धुलीको तीनपाटन गाउँपालिकामा गाउँपालिका स्तरिय बाल भेला कार्यक्रम संचालन गरिएको छ । तीनपाटन गाउँपालिकाको आयोजना रिलिफ नेपाल वल्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा गाउँपालिका स्तरीय बाल भेला कार्यक्रम सञ्चालन गरिएको हो । बाल भेलामा तीनपाटन गाउँपालिकाका ११ वटै वडाका वडा स्तरिय बाल सन्जाल बाट प्रतिनिधि बालबालिकाहरूको उपस्थिति रहेको थियो । भेलामा बाल भेला सञ्चालन विधिको प्रयोग गर्दै बालबालिकाले तयार पारेको ६ वटा कार्यक्रम सहितको माग पत्र पालिका उपाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत समक्ष पेस गरीएको छ ।  

 

आर्थिक वर्ष २०८१।८२ को पालिका स्तरीय योजना तर्जुमा प्रक्रियामा बाल बालिकाको माग लाई पालिकाको नीति तथा कार्यक्रममा समावेश गर्न थप सहज बनाउने र बालबालिकाको आवश्यकता र प्राथमिकताहरूलाई स्थानीय योजना तर्जुमा र बजेट विनियोजन सम्बन्धी निर्णय गर्ने संरचना र पदाधिकारी समक्ष राखी बालबालिकाको सर्वोत्तम हित हुने गरी कार्य गर्ने अवसर सिर्जना गर्ने उद्देश्यले बाल भेला कार्यक्रम सञ्चलन गरेको आयोजकले जनाएको छ  ।


तीनपाटन गाउँपालिका उपाध्यक्ष धन बहादुर पुलामी (अशोक) ले बाल बालिकाको सर्वोत्तम हित लाई ध्यानमा राख्दै आर्थिक वर्ष २०८१।८२ को योजनामा बालबालिकाको माग लाइ सके सम्म सत प्रतिशत समावेश गर्ने भन्दै बाल बालिकाको सक्रिय सहभागिताको लागि खुसी व्यक्ति गर्नु भएको छ । बाल भेला पश्चात् पालिकामा रहेको पालिका स्तरीय बाल सञ्जाललाई पुनर्गठन गरी तीनपाटन गाउँपालिका वडा ११ की बालिका मेलिशा राउतको अध्यक्षतामा १३ सदस्य पालिका स्तरीय बाल संजाल सर्बसत गठन भएको छ । कार्यक्रम सहजिकरण रिलिफ नेपालको शान्ति बरालले गर्नुभएको थियो ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

गोलन्जोर गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट ५७ करोड ४ लाख ११ हजार ५ सय रुपैयाँ 

सिन्धुली, असार १०, २०८१ सोमबार । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गोलन्जोर गाउँ

RadioSiddhababa

तीनपाटन गाउँपालिकाको आगामी आर्थिक बर्षको बजेट ८१ करोड ५० लाख 

सिन्धुली, असार १०, २०८१ सोमबार ।   सिन्धुलीको तीनपाटन गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ८१ करोड ५० लाख रुपैयाँको बजेट सहित निति तथा

RadioSiddhababa

कमलामाई नगरपालिकाको आगामी आर्थिक बर्षको बजेट १ अर्ब ३५ करोड ९ लाख ५५ हजार 

सिन्धुली, असार १०, २०८१ सोमबार ।   कमलामाई नगरपालिका सिन्धुलीले आगामी आर्थिक बर्ष २०८१÷०८२ को निति कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । नगर सभाको