सिन्धुलिको घ्याङलेख गाउपालिकामा एकीकृत घुम्ती शिविर संचालन

RadioSiddhababa

सिन्धुली, जेठ ९, २०८१ बुधबार ।


सिन्धुलिको घ्याङलेख गाउपालिकामा एकीकृत घुम्ती शिविर संचालन गरिएको छ । घ्याङलेख गाउपालिका गाउँ कार्यपालिकाको मिति २०८१ बैशाख २८ गतेको निर्णय अनुसार पालिकाको वडा मातहतमा सन्चालन हुने गरि शिविरको आयोजना गरिएको हो । गाउँपालिका भित्र रहेका नागरिकलाई घरदैलो सम्म सेवा पुर्याउने उदेश्यले वडा तहमा शिविरको आयोजना गरिएको घ्याङलेख गाउँपालिका उपाध्यक्ष शंकरमान घलानले जानकारी दिनुभयो ।

 

घ्याङलेख गाउँपालिका ५ शान्तेश्वरी मा मंगलबार संचालन गरिएको शिविरमा बिभिन्न शाखा बाट प्रदान गरिएको सेवा नागरिकले प्राप्त गरेका छन् ।  घ्याङलेख गाउपालिका अध्यक्ष जगत बहादुर भोलन, उपाध्यक्ष सङ्कर मान घलान प्रमुख प्रसासकिय अधिकृत दाताराम प्याकुरेल पालिकाका बिभिन्न शाखा प्रमुख तथा कर्मचारी हरुको उपस्थितिमा वडा नम्बर ६ को शान्तेस्वरी बाट सिबिरको शुभारम्भ गरिएको हो ।

 

शान्तेश्वरीमा संचालित शिविरमा १ सय ८७ जना लाभग्राही लाइ सामाजिक सुरक्षा भत्ता बितरण, ७१ जनाको आँखा जाच तथा औषधी वितरण, १ सय १३ जनाको जनरल स्वास्थ्य जाँच तथा औषधी वितरण गरिएको छ ।त्यस्तै ७७ जनालाई आयुर्वेद सम्बन्धि आधारभूत जाँच तथा औषधि बितरण, ६ जनालाई जेष्ठ नागरिक परिचय पत्र प्रदान, ७४ जनालाइ पसु स्वास्थ्य सम्बन्धि परामर्श, ५३ जनालाइ कृषि परामर्श ६ जनालाइ योजना सम्बन्धि परामर्श राजस्व र ब्यवसाय दर्ता र २ जनालाई  नविकरण सम्बन्धि सहजीकरण गरिएको घ्याङलेख गाउपालिकाले जनाएको छ ।


त्यस्तै बुधबार घ्याङलेख गाउँपालिका ४ नेत्रकालीमा संचालित शिविरमा १ सय १ जना लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण, ६८ जनाको स्वास्थ्य उपचार सेवा, ५१ जनाको आखाँ जाचँ गरिएको छ । यस्तै ५० जनालाई आयुर्वेद उपचार सेवा, १ सय ३२ जनालाई कृषि परामर्श, १ सय ७ जनालाई पशु उपचार सेवा र २ जनालाई ज्येष्ठ नागरिक परिचय पत्र प्रदान गरिएको छ । 


जेठ ८ गते वडा नं. ५ को शान्तेश्वरी बाट सुरु भएको शिविर ९ गते वडा नं. ४ को नेत्रकालीमा संचालन भएको छ भने जेठ ११ गते वडा नंं. ३ को तामाजोरमा १३ गते वडा नं. २ को भैसेमा र १४ गते वडा नं. १ को अमलेमा शिविर संचालन गरिने गाउँपालिकाले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

गोलन्जोर गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट ५७ करोड ४ लाख ११ हजार ५ सय रुपैयाँ 

सिन्धुली, असार १०, २०८१ सोमबार । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गोलन्जोर गाउँ

RadioSiddhababa

तीनपाटन गाउँपालिकाको आगामी आर्थिक बर्षको बजेट ८१ करोड ५० लाख 

सिन्धुली, असार १०, २०८१ सोमबार ।   सिन्धुलीको तीनपाटन गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ८१ करोड ५० लाख रुपैयाँको बजेट सहित निति तथा

RadioSiddhababa

कमलामाई नगरपालिकाको आगामी आर्थिक बर्षको बजेट १ अर्ब ३५ करोड ९ लाख ५५ हजार 

सिन्धुली, असार १०, २०८१ सोमबार ।   कमलामाई नगरपालिका सिन्धुलीले आगामी आर्थिक बर्ष २०८१÷०८२ को निति कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । नगर सभाको