अन्तराष्ट्रिय जैविक विविधता दिवसको अवसरमा सिन्धुलीमा वक्तृत्वकला प्रतियोगिताको आयोजना

RadioSiddhababa

सिन्धुली, जेठ ९, २०८१ बुधबार ।


अन्तराष्ट्रिय जैविक विविधता दिवसको अवसरमा सिन्धुलीमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ । “सबैको सहभागिता, दिगो जैविक विविधतता” भन्ने नाराका साथ अन्तराष्ट्रिय जैविक विविधता दिवस मे २२, २०२४ को अवसरमा डिभिजन वन कार्यालय सिन्धुलीको वार्षिक स्वीकृत कार्यक्रम अनुसार वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको हो । 


“जैविक विविधता संरक्षणमा विद्यार्थी र आम नागरिकको कर्तब्य र भूमिका” शिर्षकमा अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता संचालन गरिएको डिभिजन वन कार्यालय सिन्धुलीले जनाएको छ । प्रतियोगितामा ८ वटा बिद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगितामा भगवती मा.वि. माढीबजार प्रथम, गौमती मा.वि माढीबजार द्धितिय, कमला मा.वि. ढुंग्रेबास तृतिय र सिद्धबाबा मा.वि. पानीट्यांकीले चौथो स्थान हासिल गरेका छन् । 


प्रतियोगितामा प्रथम हुनेलाई नगद २ हजार, द्धितिय हुनेलाई १ हजार ५ सय, तृतिय हुनेलाई एक हजार र चौथो हुनेलाई ५ सय सहित सहभागी सबै विद्यार्थीहरुलाई सामान्यज्ञान पुस्तिका थान एक तथा प्रमाणपत्र समेत वितरण गरिएको छ । साथै कार्यक्रममा उपस्थित विद्यालयका शिक्षक, विद्यार्थीहरु तथा वन कर्मचारिहरु विच जैविक विविधता संरक्षण सम्बन्धी अन्तरकृया समेत गरिएको छ ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

गोलन्जोर गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट ५७ करोड ४ लाख ११ हजार ५ सय रुपैयाँ 

सिन्धुली, असार १०, २०८१ सोमबार । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गोलन्जोर गाउँ

RadioSiddhababa

तीनपाटन गाउँपालिकाको आगामी आर्थिक बर्षको बजेट ८१ करोड ५० लाख 

सिन्धुली, असार १०, २०८१ सोमबार ।   सिन्धुलीको तीनपाटन गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ८१ करोड ५० लाख रुपैयाँको बजेट सहित निति तथा

RadioSiddhababa

कमलामाई नगरपालिकाको आगामी आर्थिक बर्षको बजेट १ अर्ब ३५ करोड ९ लाख ५५ हजार 

सिन्धुली, असार १०, २०८१ सोमबार ।   कमलामाई नगरपालिका सिन्धुलीले आगामी आर्थिक बर्ष २०८१÷०८२ को निति कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । नगर सभाको