अहिलेको गठबन्दन भनेको सिन्डीकेट मात्रै भएको एमालेका उपमहासचिव बिष्णु रिमालको भनाई

RadioSiddhababa

 

सिन्धुली, फागुन १२, २०८० शनिबार ।।


नेकपा एमालेका उपमहासचिव बिष्णु रिमालले कांग्रेसले गठबन्धन नगरी चुनाव जित्ने आत्मविश्वास गुमाइसकेको टिप्पणी गर्नुभएको छ । प्रेस चौतारी नेपाल सिन्धुली शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा दलहरु एजेण्डाको रुपमा प्रतिस्पर्धा गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले अहिलेको गठबन्दन भनेको सिन्डीकेट मात्रै भएको बताउनुभयो ।


माओवादी, कांग्रेस र समाजवादी पार्टी मिलेर बनेको गठबन्धन चाहिँ सिन्डिकेट एमाले सँग मिल्दाचाहिँ पवित्र भन्ने एमालेको मान्यता नभएको उहाँको भनाई छ । गठबन्दन भन्दा पनि एजेण्डामा जानुपर्ने उहाँले बताउनुभयो । 


नेकपा स्थापनाको ७५ बर्ष हुदै गर्दा धेरै उपलब्धी हरु भएपनि सोचेजस्तो उपलब्धी भने हासिल गर्न नसकेको उहाँको भनाई छ । नेकपा एमालेले मिसन ग्रासरुट, झुलाघाट चिवाभन्ज्याङ अभियान मार्फत नागरिक तहको कुरा सुन्ने अभियान संचालन गरेको बताउनुभएको छ । अभियान मार्फत प्राप्त भएका ७ सय भन्दा बढी सुझावलाई कार्यन्वयन गर्न प्रधानमन्त्रीलाई समेत दिएको उहाँले बताउनुभयो ।


उहाँले अहिले मुल प्रतिस्पर्धी पार्टी भनेकै एमाले र कांग्रेस मात्रै भएको र अहिलेको प्रतिस्पर्धा पनि यही दलबीच भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले अहिले एजेण्डामा बसह गर्ने भनेका छौं तर कांग्रेस अहिले एजेण्डामा छैन । गठबन्धन गरेनौं भने चुनाव हार्छौँ भनेर लागिरहेको छ । चुनाव हार्ने र जित्ने एजेण्डाको कुरा होइन । प्रतिस्पर्धाको कुरा हुन्छ । माओवादीले अहिलेसम्म पार्टीको आकार समेत नलिएको उहाँले टिप्पणी गर्नुभयो ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

राष्ट्रियताको सवाल कमजोर भयो ः उपाध्यक्ष  सापकोटा

  सिन्धुली, बैशाख १४, २०८० शुक्रबार  नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नी सापकोटाले नेपालको राष्ट्रियता कमजोर बन्दै गएको बताउनुभएको छ । आज

RadioSiddhababa

एमाले सिन्धुलीको नवनिर्वाचित पदाधीकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराइयो

  सिन्धुली, बैशाख ३, २०८० सोमबार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आठौं जिल्ला अधिवेशन बाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका

RadioSiddhababa

नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित

सिन्धुली, बैशाख १, २०८१ शनिबार  नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित हुनुभएको छ । आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व