नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित

RadioSiddhababa

सिन्धुली, बैशाख १, २०८१ शनिबार 


नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित हुनुभएको छ । आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व छनौटका लागि शनिबार भएको मतदान बाट अध्यक्ष पदमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित हुनुभएको हो । एमाले सिन्धुलीको अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष कुमार कार्की (रामकुमार) र कमलामाई नगर कमिटिका अध्यक्ष महेन्द्रदेव श्रेष्ठ विच प्रतिस्पर्धा भएकोमा कुमार कार्कीलाई  १ सय ३७ को मतान्तरले पछि पार्दै श्रेष्ठ अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । 


महेन्द्रदेव श्रेष्ठले ४ सय ४१ र कुमार कार्कीले ३ सय ४ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै एमाले सिन्धुलीको उपाध्यक्षमा कर्ण घिसिङ निर्वाचित हुनु भएको छ । खड्ग बहादुर रजन मगरलाई पछि पार्दै कर्ण घिसिङ निर्वाचित हुनुभएको छ । कर्ण घिसिङले ३ सय ९४ मत प्राप्त गरि बिजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी खड्ग बहादुर रजन मगरले ३ सय ४१ म्त प्राप्त गर्नुभएको छ । सचिवमा निर्वतमान सचिव नारायण बराललाई पछि पार्दै नवराज थिङ निर्वाचित हुनुभएको छ । नवराज थिङले ४ सय १ मत प्राप्त गर्नुभएको छ भने नारायण बरालले ३ सय २८ मत प्राप्त गर्नुभएको छ । 


त्यस्तै उपसचिवमा खुल्ला तर्फ दिपेश बराल निर्वाचित हुनुभएको छ । दिपेश बरालले २ सय ३५ मत ल्याएर बिजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी शंकर कुमार कार्कीले ४५, कुमार शर्माले १ सय ५६, राजु बरालले १ सय ५१ र टिका बहादुर देवकोटाले ९७ मत प्राप्त गर्नुभएको छ । महिला उपसचिव पदमा मिथुला कुमारी घिमिरे प्याकुरेललाई पछि पार्दै पार्वती भट्टराई निर्वाचित हुनुभएको छ । निर्वाचित पार्वती भट्टराईले ४ सय ८४ र मिथुला कुमारी घिमिरेले २ सय २० मत प्राप्त गर्नुभएको छ । सिन्धुलीमाढी स्थित बागवानी केन्द्रमा भएको मतदानमा ७ सय ८३ मध्य ७ सय ५४ मत खसेको थियो । 


एमाले सिन्धुलीको लेखा समितिको संयोजकमा संजय कुमार दाहाल यस निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँ सँगै ३६ जना सदस्यहरु निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ । नेकपा एमाले सिन्धुलीको सदस्य पदको लागि भएको निर्वाचनको भने मतगणना बाँकी रहेको छ । 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

राष्ट्रिय स्वतन्त्र पार्टी कमलामाई नगरपालिका ४ र ६ को वडा अधिवेशन सम्पन्न

सिन्धुली, चैत २४, २०८१ आइतबार ।   राष्ट्रिय स्वतन्त्र पार्टी कमलामाई नगरपालिका ४ र ६ को वडा अधिवेशन सम्पन्न भएको छ । नयाँ नेतृत्व चयन गर्दै कमलामाई

RadioSiddhababa

संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा नेकपा एमाले सिन्धुलीको जागरणसभा

सिन्धुली, चैत १८, २०८१ सोमबार ।   नेकपा एमाले सिन्धुलीले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जागरण सभा गरेको छ । मूलुकमा अस्थिरता र अराजकता

RadioSiddhababa

पूर्वराजा ज्ञानेन्द्र लाई हिंसा र गुण्डा गर्दी गर्न छुट छैन् ः प्रचण्ड

सिन्धुली, चैत १७, २०८१ आइतबार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  पूर्वराजा ज्ञानेन्द्र शाह लाई हिंसा र गुण्डा गर्दी गर्न