नवज्योति बहिरा मा.वि. मा निशुल्क हेयर कटिङ तालिमको उद्धघाटन

RadioSiddhababa

 

सिन्धुली, बैशाख १५, २०८१ शनिबार ।

सिन्धुलीमा निशुल्क ३ महिने हेयर कटिङ तालिमको उद्घाटन गरिएको छ । कमलामाई नगरपालिका ६ स्थित नवज्योति बहिरा मा.वि. पानिट्यांकीमा अध्यनरत कान नसुन्ने, नबोल्ने, शरिरमा केहि कठिनाई भएका विद्यार्थीहरु मध्यबाट चार जना विद्यार्थीहरुको लागि तालिम संचालन गरिएको हो ।


तालिमको सिन्धुली एकता बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खिलदेब श्रेष्ठ र कमलामाई नगरपालिका वडा नं ६ का वडा अध्यक्ष तथा नवज्योती बहिरा मा.वि. का बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष उज्जवल कुमार थापाले संयुक्त रुपमा तालिमको उद्घाटन गर्नुभएको छ ।


आरएसडिसि लगुवित्ति वित्तिय संस्था लिमिटेड बुटवलको सहयोग तथा सिन्धुली एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिन्धुलीको आयोजनामा तालिम संचालन गरिएको हो । सहकारी संस्थाको ७ वटा सिद्धान्त मध्ये सामुदायिक उत्तरदायित्व निर्वाह गर्दै तालिमको आयोजनाका गरिएको सिन्धुली एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष खिलदेव श्रेष्ठले बताउनुभयो । 


सहकारीले यस अघिपनि नवज्योति बहिरा माविमा निशुल्क स्वास्थ्य शिविर संचालन गरेको बताउदै सामुदायिक उत्तरदायीत्व अन्तर्गत समुदाय स्तरमा बिभिन्न सेवामुलक कामहरु गर्दै आइरहेको उहाँले बताउनुभयो । ३ महिने हेयर कटिङ तालिम पश्चात सहभागिहरुलाई रोजगारिको समेत ब्यवस्था गरिने उहाँको भनाई छ ।

 

 

कार्यक्रमको अवसरमा कमलामाई नगरपालिका वडा नं ६ का वडा अध्यक्ष तथा नवज्योती बहिरा मा विद्यालय विद्यालय व्यबस्थापन समितिकाका अध्यक्ष उज्जवल कुमार थापाले अहिलेको अबस्थामा सहकारीलाई हेर्ने दृष्टिकोण राम्रो नभइरहदा सिन्धुली एकता बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको यो कार्यक्रम उदाहरण्ीय भएको बताउनुभएको छ । उहाँले यस्ता तालिमहरु भइरहने तर तालिम पश्चात यस्को उचित ब्यवस्थापन गर्न नसक्नाले पछि परिहको बताउनुभयो । संचालित तालिम बाट सिकेका सिपको उचित मुल्याङकन गर्दै ब्यवस्थापन गर्नुपर्ने उहाँको भनाई छ ।


नवज्योति बहिरा मावि मा ५२ वटा जिल्ला बाट २३२ जना विद्यार्थीहरु निशुल्क छात्राबासको सुविधा सहित अध्ययन गरिरहेको बिद्यालयका प्रध्यानाध्यापक विजय तामाङले जानकारी दिनुभयो । शिक्षा मात्र नभएर रोजगारिमुलक शिप प्रदान गर्न विद्यार्थीहरुलाई सिन्धुली एकता साकोसले ठूलो भुमिका प्रदान गरेकोमा उहाँले धन्यवाद समेत दिनुभयो । उहाँले अन्य सहकारीहरु सँग पनि सहयोको अपेक्षा रहेको बताउनुभयो ।


३ महिना सम्म सन्चालन हुने निशुल्क हेयर कटिङ तालिमको प्रशिक्षकको रुपमा थ्रि बर्दशका सन्चालक विमल राना मगर रहनुहुनेछ । तालिम उद्धघाटको अवसरमा कमलामाई नगरपालिका सरकारी शाखाका प्रमुख इन्दीरा थापा, जिल्ला बचत संघका अध्यक्ष मिथिला घिमिरे, विद्यालय व्यबस्थापन समितिका सदस्य, लगायत विभिन्न संघ संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुलीको कमलामाई नगरपालिका ५ का कृषकहरुलाई कृषि सामाग्री वितरण

  सिन्धुली, बैशाख २७, २०८१ बिहिबार । सिन्धुलीको कमलामाई नगरपालिका ५ का कृषकहरुलाई कृषि सामाग्री वितरण गरिएको छ । कमलामाई नगरपालिकाको स्वीकृत

RadioSiddhababa

पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजनालाई फिक्कल गाउँपालिका अध्यक्ष सुनुवार द्धारा ध्यानार्कषण पत्र बुझाइयो

  सिन्धुली, बैशाख २७, २०८१ बिहिबार । सिन्धुलीको फिक्कल गाउँपालीकाका अध्यक्ष पार्वती सुनुवारले पुष्पलाल मध्यपहाडि लोकमार्ग आयोजनाका आयोजना

RadioSiddhababa

पशुमा नस्ल सुधार गर्न बिउँ पाठी वितरण

सिन्धुलीको फिक्कल गाउँपालिका ६ नम्बर वडा तिनखण्डे आँप गाछिका कृषि तथा पशु पालन महिला समूहको कृषकहरुलाई  १५ वटा बिउँ पाठी  वितरण गरिएको छ। फिक्कल