बिकासले गति लिदै सिन्धुलीको फिक्कल गाउँपालिका ५

RadioSiddhababa

 

सिन्धुली, बैशाख १५, २०८१ शनिबार ।


सिन्धुलीको फिक्कल गाउँपालिका भौगोलिक हिसाबले बिकट मानीने पालिका हो । भौगोलिक हिसाबले बिकट मानीने यस पालिकामा स्थानीय तह कार्यन्वयनमा आए संगै नागरिकहरुले नजिकको सरकार महसुश गर्न पाएका छन् । स्थानीय तह आएसंगै पालिकामा विकासले गती लिन थालेको छ । सडक सञ्जाल, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, रोजगार लगायतको क्षेत्रमा बिभिन्न काम हरु भइरहेका छन् । फिक्कल गाउँपालिकामा ६ वटा वडा रहेका छन् । त्यस मध्य वडा नं. ५ दुर्गम बस्ती रहेको वडा मानीन्छ ।


वडा नं. ५ को देवीटार, जाङजाङ, काफलचुली, महभिर, लहरेनि, बारबिसे, ठुलढुंगा, घैयाबारी, बाझाँगाउँ लगायतका ठाउँ मध्यपहाडी रामजार्गले नछोएको र दुर्गम ठाउँ हुन् । यी दुर्गम ठाउँमा सथानीय तह आएसंगै सडक सञ्जालको पहुँच पुर्याइएको र अझै केहि स्थानमा सडक पुर्याउन बाँकी रहेको फिक्कल गाउँपालिका ५ का वडा अध्यक्ष बैकुण्ठ लाल पहाडीले बताउनुभयो ।


यस बर्ष नारीमखोला बारबिसे सडक निर्माणको लागि २ करोड लगानीमा बाटो स्तरउन्नती गरिएको छ । चाल्नेखोला, झगरे, सोल्पाभन्ज्याङ सडकलाई स्तरउन्नती संगै कालोपत्रे गरेर वडा सम्म जोड्को लागि निरन्तर काम भइरहेको उहाँको भनाई छ । अबको २ बर्ष भित्रका सडक नपुगेको ठाउँमा सडक संञ्जाल पुर्याउने वडा अध्यक्ष पहाडीले बताउनुभयो ।


वडा तथा पालिकाले पालिकाको शैक्षिक सुधारमा प्रविधिमैत्री शिक्षण पद्धदी लागु गर्न आइसिटि ल्याबको ब्यवस्था, शिक्षक दरबन्दी भएका बिद्यालयमा पालिकाले दरबन्दी सिर्जना गरि दक्ष शिक्षकको ब्यवस्था, बालमैत्री शिक्षण सिकाइका लागि बाल सिकाई केन्द्र स्थापना सहित शिक्षक शिक्षीका हरुलाई आवश्यक तालिम अभिमुखीकरण लगायतको ब्यवस्था गरिएको उहाँले बताउनुभयो । भौतिक हिसाबले जिर्ण रहेका बिद्यालय भवन निर्माणको लागि पहल गरिरहेको उहाँले बताउनुभयो ।

 

बिद्यालय उमेर समुहका बिद्यार्थीलाई पढाई प्रति आर्कषित गर्न बिद्यालय खाजा तथा निशुल्क शिक्षाको ब्यवस्था गरेको उहाँको भनाई छ । वडामा स्वाथ्यको क्षेत्रमा गर्ववती तथा सुत्केरी महिला, ज्येष्ठ नागरिक लाई निुशल्क एम्बुलेन्सको ब्यवस्था गरिएको अध्यक्ष पहाडीले बताउनुभएको छ । नेपाल सरकार र स्थानीय सरकारको निति अनुरुप एक घर एक धाराको अवधारण ल्याइएको छ ।


वडा नं. ५ को डाडाँगाउँको ११ घर काफचुलीको ३ घर बारबिसेको घैयाबारीमा खानेपानीको चरम अभावका कारण डोकोमा पानी बोकेर खानुपर्ने अवस्था रहेकोमा उक्त समस्या समाधानको लागि लहरेनी बारबिसे घैयाबारी खानेपानी आयोजनाको लागि प्रदेश सरकार मार्फत १० लाख बजेट बाट काम भइरहेको र डाडाँगाउको खानेपानी समस्या समाधानको लागि भइरहेको स्रोतलाई ब्यवस्थि तगर्दै लैजाने उहाँको भनाई छ । ५ नं. वडा भरीनै हरेक घरमा खानेपानीको सुविधा पुर्याइने उहाँले बताउनुभयो ।


वडा नं. ५ मा ७७ घरधुरीमा बिजुली बत्ती बलेको ४ सय २२ घरधुरी बत्ती बल्न बाँकी रहेकाले सबै बस्तीमा बत्ती बाल्नको लागि ठेकेदार कम्पनी संग ताकेका गरिरहेको र असार मसान्त सम्म ५ नं. वडामा बत्ती बालेर उज्यालो वडा बनाउने उहाँले बताउनुभयो ।


वडामा हावापानी सुहाउदो पकेट विकास क्षेत्र घोषणा गरिएको उहाँले बताउनुभयो । कृषि तथा पशुपालनको क्षेत्रमा सुधार गर्दै नागरिकलाई आयआर्जनमा बृद्धि गराउनको लागि बाख्राको खोर तथा गाईभैसीको गोठ सुधार, उन्नत जातको बाख्राको पाठी तथा बोका वितरण, नश्ल सुधार कार्यक्रम, पशु विमा लगायतको ब्यवस्था गरिएको छ ।


गाउँपालिकाको नजर कृषिमा रहेकाले कृषकलाई आर्कषण गर्न माटो परिक्षण, घरघरमा कृषि तथा पशु प्राधिविक खटाइएको, उन्नत जातका विउ विजन उपलब्ध, कृषि उत्दापदनमा बजारिकीरण, कृषक समुह गठन तथा परिचालन गरिएको उहाँको भनाई छ ।

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुलीको कमलामाई नगरपालिका ५ का कृषकहरुलाई कृषि सामाग्री वितरण

  सिन्धुली, बैशाख २७, २०८१ बिहिबार । सिन्धुलीको कमलामाई नगरपालिका ५ का कृषकहरुलाई कृषि सामाग्री वितरण गरिएको छ । कमलामाई नगरपालिकाको स्वीकृत

RadioSiddhababa

पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजनालाई फिक्कल गाउँपालिका अध्यक्ष सुनुवार द्धारा ध्यानार्कषण पत्र बुझाइयो

  सिन्धुली, बैशाख २७, २०८१ बिहिबार । सिन्धुलीको फिक्कल गाउँपालीकाका अध्यक्ष पार्वती सुनुवारले पुष्पलाल मध्यपहाडि लोकमार्ग आयोजनाका आयोजना

RadioSiddhababa

पशुमा नस्ल सुधार गर्न बिउँ पाठी वितरण

सिन्धुलीको फिक्कल गाउँपालिका ६ नम्बर वडा तिनखण्डे आँप गाछिका कृषि तथा पशु पालन महिला समूहको कृषकहरुलाई  १५ वटा बिउँ पाठी  वितरण गरिएको छ। फिक्कल