कमलामाई नगरपालिका १ मा आगो निभाउने क्रममा एक वृद्धाको मृत्यु
सिन्धुली, बैशाख १३, २०८० बिहिबार ।
सिन्धुलीमा आफैले लगाएको आगो निभाउने क्रममा जलेर एक बृद्घाको मृत्यु गएको छ । कमलामाइ नगरपालिका –१ खारखोला निवासी ८६ बर्षिया कृष्णमाया पौडेलको जलेर मृत्यु भएको हो ।
बिहान करिब ११ः३० को समयमा घरबाट करिब ५० मिटर पर रहेको आफ्नै पाखोबारिमा सुकेका झारपात, पतिंगर जलाउनको लागि पौडेलले आफैले आगो सल्काउनुभएको थियो आगो अन्यत्र जाने त्रासले बृद्धा आफै आगो निभाउन जादा बारिको डिलबाट चिप्लिएर आगो लागेको स्थलमा पुगी जलेर उहाँको ज्यान गएको कमलामाई नगरपालिका १ का वडा अध्यक्ष नरेश कुमार गोलेले जानकारी दिनुभयो ।
कृष्णमाया पौडेल हराएको केही समयपछी खोज्ने क्रममा शरिर, हात खुट्टा जलेको अबस्थामा फेला पर्नुभएको थियो । पौडेलको सव सिन्धुली अस्पतालमा पोष्टमार्टम पश्चात परिवारलाई बुझाइएको छ ।
नेपाल पत्रकार महासंघ सिन्धुलीका सस्थापक शेषराज दाहाल सम्मानित
सिन्धुली, बैशाख २१, २०८१ शुक्रबार । नेपाल पत्रकार महासंघ सिन्धुलीका संस्थापक शेषराज दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट
जिल्ला समन्वय समिति तथा पुर्वाधार विकास कार्यालय सिन्धुलीको संयुक्त प्रशासनिक भवनको शिलान्यास
सिन्धुली, बैशाख १९, २०८१ बुधबार । जिल्ला समन्वय समिति सिन्धुली तथा पुर्वाधार विकास कार्यालय सिन्धुलीको संयुक्त प्रशासनिक भवनको शिलान्यास
अक्षय कोष स्थापनाको अभियानमा सहयोग पुर्याउने निकाय तथा ब्यक्तीहरुलाई रेडक्रस सिन्धुलीले सम्मान
सिन्धुली, बैशाख १७, २०८१ सोमबार । नेपाल रेडक्रस सोसाइटी शाखा सिन्धुलीले निशुल्क रगत उपलब्ध गराउनको लागि अक्षय कोष स्थापनाको अभियानमा सहयोग
प्रतिकृया दिनुहोस