अक्षय कोष स्थापनाको अभियानमा सहयोग पुर्याउने निकाय तथा ब्यक्तीहरुलाई रेडक्रस सिन्धुलीले सम्मान

RadioSiddhababa

सिन्धुली, बैशाख १७, २०८१ सोमबार ।


नेपाल रेडक्रस सोसाइटी शाखा सिन्धुलीले निशुल्क रगत उपलब्ध गराउनको लागि अक्षय कोष स्थापनाको अभियानमा सहयोग पुर्याउने निकाय तथा ब्यक्तीहरुलाई सम्मान गरेको छ । विश्व रेडक्रस दिवसको अवसर पारेर नेपाल रेडक्रस सोसाइटी सिन्धुलीले ९ सय ५० सहयोगि दाताहरुलाई सम्मान गरेको हो । 


सिन्धुली जिल्लाबासीको लागि निशुल्क रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटी सिन्धुलीले १ करोड ५० लाखको अक्षय कोष स्थापना गर्न अभियान संचालन गर्दै रकम संचालन गरिएको थियो । रकम संकलन अभियान दुई चरणमा संचालन गरिएको थियो । 


यस अभियानमा सिन्धुलीबासी नागरिक, सिन्धुली जिल्ला बाट निर्वाचित संघिय तथा प्रदेश सांसदहरु, जिल्लाका पालिका तथा जनप्रतिनिधी, जिल्ला स्थित सहकारी, बिभिन्न संघसंस्था, बिदेशमा बस्दै आएका सिन्धुलीबासी, नेपाल रेडक्रस सोसाइटी सिन्धुलीको ४२ वटा उपशाखाहरु लगायतले यस अभियानमा सहयोग गरेका छन् । 


अक्षयकोष स्थापनाको लागि कमलामाई नगरपालिका, दुधौली नगरपालिका, मरिण गाउँपालिका, सुनकोशी गाउँपालिका, गोलन्जोर गाउँपालिका र फिक्कल गाउँपालिकाकाले पाचँपाचँ लाख र हरिहरपुरगढी गाउँपालिका र घ्याङलेख गाउँपालिकाले दुईदुई लाख सहयोग गरेका छन् । 


अक्षय कोषको लागि आइतबार सम्म १ करोड ५० लाख ५१ हजार ५ सय ६१ रुपैया रेडक्रसमा जम्मा भइसकेको र ३ वटा पालिकाको सम्झौता भएर रकम आउन बाँकी १२ लाख रहेको छ । उक्त रकम आएपश्चात निशुल्क ब्लड उपलब्ध गराउने अक्षय कोषमा १ करोड ६२ लाख ५१ हजार ५ सय ६१ हुने नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका सभापति अशोक श्रेष्ठले जानकारी दिनुभयो । जम्मा भएको रकम राष्ट्रिय वाणिज्य बैंकमा फिक्स डिपोजिटमा राखीएको छ ।


सम्मान कार्यक्रमको अवसरमा सिन्धुली क्षेत्र नं. २ का प्रतिनिधी सभा सदस्य लेखनाथ दाहाल राजनले विपद र विकास दुबै ठाउँमा रेडक्रस भएकाले जिल्लाबासीको समस्यालाई मध्यनजर गर्दै स्थापना गरिएको अक्षय कोष प्रसंसनिय भएको बताउनुभएको छ । निस्वार्थ भावले सहयोगको अपिल गरेको कारणलेनै आज नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा सिन्धुलीले ऐतिहासिक काम सम्पन्न गर्न सफल भएको दाहालले बताउनुभयो। नागरिकको बिश्वासको आधारमा तयार गरिएको अक्षय कोष पारदर्शिता हुनुपर्ने उहाँको भनाई छ ।

 
कार्यक्रमको अवसरमा बागमति प्रदेश सभा सदस्य सुष्पा भुजेल, जिल्ला समन्वय समितिका प्रमुख कार्साङ लामा, बिभिन्न पालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष हरु, रेडक्रसकर्मी लगायतको उपस्थिती रहेको थियो ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

घ्याङलेख गाउँपालिकामा तामाङ भाषा शिक्षा कार्यान्वय अभियानको भब्य उद्धघाटन

सिन्धुली, जेठ ४, २०८१ शुक्रबार । घ्याङलेख गाउँपालिका सिन्धुलीमा तामाङ भाषा शिक्षा कार्यान्वय अभियानको भब्य उद्धघाटन गरीएको छ । “मातृभाषामा

RadioSiddhababa

गौमती मा.वि. मा निर्वाचन प्रक्रिया बाट विद्यालयको क्याप्टेन र भाइस क्याप्टेन छनोट

  सिन्धुली, जेठ ४, २०८१ शुक्रबार । गौमती माध्यमिक विद्यालयमा निर्वाचन प्रक्रिया बाट विद्यालयको क्याप्टेन र भाइस क्याप्टेन छनोट गरिएको छ । मनोनयन

RadioSiddhababa

कमलामाई नगरपालिकाले विपन्न लक्षित बर्गका कृषकलाई अनुदानमा बाख्रा वितरण

सिन्धुली, जेठ ३, २०८१ बिहिबार । सिन्धुलीको कमलामाई नगरपालिकाले विपन्न लक्षित बर्गका कृषकलाई अनुदानमा बाख्रा वितरण गरेको छ । कमलामाई नगरपालिका पशु