अवको १५ वर्ष भित्र नेपाल कस्तो बन्ने भन्ने खाका लिएर पार्टी अघि बढेको छ नेपाली कांग्रेसका महामन्त्री शर्माको भनाई 

RadioSiddhababa

 

सिन्धुली, भदौ २८, २०८० बिहिबार ।


नेपाली कांग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले अवको १५ वर्ष भित्र नेपाल कस्तो बन्ने भन्ने खाका लिएर पार्टी अघि बढेको बताउनुभएको छ । सिन्धुलीमाढीमा आयोजित “वि.पि. को प्रजातान्त्रिक समाजवाद ः अभ्यास चुनौती र सम्भावनाहरु” बिषयक अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

 
कार्यक्रमको अवसरमा नेपाली कांग्रेसका महामन्त्री शर्माले नेपाली कांग्रेसले २०८४ को निर्वाचन भन्दा पनि देश बनाउन चिन्तित रहेको बताउनुभएको छ । पार्टी तथा नेताहरुले राम्रो काम गरे नियमित हुने निर्वाचन बाट डराउन नपर्ने उहाँको भनाई छ । निर्वाचनको मत परिणाम हेरेर आत्तिनु नपर्ने उहाँले बताउनुभयो । समाजमा हुने गरेका बिभिन्न हिंसा तथा बिभेदको पक्षमा नेपाली कांग्रेस र पार्टीका भातृ संगठनले आवाज उठाउने हो भने कांग्रेसलाई बदल्ने, रुपान्तरित गर्ने, कांग्रेसलाई शसक्त शक्तिको रुपमा लिएर आउने सपना बुनेको महामन्त्री शर्माले बताउनुभयो ।


त्यस्तै महामन्त्री शर्माले आलोपालोमा प्रधानमन्त्री संसदीयदलका नेता शेरवहादुर देउवा नै बन्नुहुन्छ भन्ने नरहेको जिकिर गर्नुभयो । काँग्रेसले राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुइपटक, मन्त्री तीनपटक, सांसद ४ पटक भन्दा बढि हुन नपाउने नीति अधिवेशन बाट पास गर्ने भएकाले को प्रधानमन्त्री हुन्छ भन्ने अहिले नै भन्न सकिने स्थिती नरहेको उहाँको भनाई छ । जिल्ला प्रशिक्षण शाखा नेपाली कांग्रेस सिन्धुलीका प्रमुख दिपक कुमार घिमिरेको अध्यक्षता तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो । 


नेपाली कांग्रेसले जिल्ला ब्यापी कांग्रेस पार्टिको अबधारणा, सिद्धान्त, स्पष्टता, ऐतिहासिक पृष्ठभुमि, बिकास निर्माण प्रक्रियामा, अग्रसरतामा एबम समग्र नेपाली कांग्रेसमा आवद्ध ब्यक्तिहरुको नेतृत्व बिकासमा चुस्तता ल्याउनको लागी प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको जिल्ला प्रशिक्षण शाखा नेपाली कांग्रेस सिन्धुलीका प्रमुख दिपक कुमार घिमिरेले बताउनुभयो । 


कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं सांसद श्याम घिमिरे, सुशीला थिङ, केन्द्रिय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा.सुरेश आचार्य, जिल्ला सभापति उपेन्द्र पोखरेल, पूर्वसभापतिहरु उज्ज्वल बराल, मोहन बराल लगायतले वीपीको समाजवादलाइ समय सापेक्ष परिमार्जन गर्दै स्पष्ट खाका तयार गरेर देशलाइ समृद्धिको दीशामा लैजानुपर्नेमा जोड दिनु भयो ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

राष्ट्रियताको सवाल कमजोर भयो ः उपाध्यक्ष  सापकोटा

  सिन्धुली, बैशाख १४, २०८० शुक्रबार  नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नी सापकोटाले नेपालको राष्ट्रियता कमजोर बन्दै गएको बताउनुभएको छ । आज

RadioSiddhababa

एमाले सिन्धुलीको नवनिर्वाचित पदाधीकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराइयो

  सिन्धुली, बैशाख ३, २०८० सोमबार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आठौं जिल्ला अधिवेशन बाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका

RadioSiddhababa

नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित

सिन्धुली, बैशाख १, २०८१ शनिबार  नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित हुनुभएको छ । आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व