बिपि राजमार्गमा सवारी दुर्घटना,उदयपुरका विसुङखेको मृत्यु

राधिका बुढाथोकी,सिन्धुली–बिपि राजमार्ग अन्र्तगत सिन्धुलीको सुनकोशी गाउँपालिका–३ साँदीखोला नजिक सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
झापाबाट राजमार्ग हुँदै काठमाण्डौ जादैँ गरेको मे १ ख ३१८२ नम्बरको यात्रुबाहक बसमा विपरित तर्फबाट आइरहेको बा ६८ प ८५४८ नम्बरको मोटसाइकल ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परि मोटरसाइकलमा सवार उदयपुर जिल्लाको त्रियुगा नगपािलका–९ निवासी २७ वर्षिय नवीन विसुङखेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । आज विहान ८ः३० बजे भएको दुर्घटनामा परि टाउकोमा चोट लागेर गम्भिर घाइते भएका विसुङखेलाई उपचारको लागी धुलिखेल अस्पताल लैजादै गर्दा बाटोमै ज्यान गएको प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख उपरिक्षक चक्र बहादुर सिंहले जानकारी दिए ।
उनका अनुसार विहान १० बजे धुलिखेल अस्पतालका चिकित्सकहरुले उनलाई मृत्यु भएको घोषणा गरेका थिए । घटना पछि बस चालक फरार रहेका छन् । बस र मोटरसाईकललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी प्रमुख उपरिक्षक सिहंले बताए ।

सिन्धुलीमा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षीय किशोरको मृत्यु
सिन्धुली, बैशाख २४, २०८२ बुधबार । सिन्धुलीमा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षीय किशोरको मृत्यु भएको छ । कमलामाई नगरपालिका ५ स्थित ग्वाङखोला

हरिहरपुरगढी गाउँपालिकामा ३ दिने निःशुल्क आँखा तथा दन्त शिविर सुरु
सिन्धुली, बैशाख २३, २०८२ मंगलबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा निःशुल्क आँखा तथा दन्त शिविर सुरु भएको छ । हरिहरपुरगढी गाउँपालिका वडा नम्बर

जेठ ४ गते देखि ६ गते सम्म फिक्कल उपाध्यक्ष भलिवल प्रतियोगिता संचालन हुने
सिन्धुली, बैशाख २२, २०८२ सोमबार । सिन्धुलीको फिक्कल गाउँपालिकामा फिक्कल उपाध्यक्ष भलिवल प्रतियोगिता संचालन हुने भएको छ । आगामी जेठ ४ गते देखि ६ गते
प्रतिकृया दिनुहोस