राष्ट्रिय सूचना प्रविधि दिवस – २०८२ बिभिन्न कार्यक्रम गरि मनाइयो 

RadioSiddhababa

सिन्धुली, बैशाख १९, २०८२ शुक्रबार ।


राष्ट्रिय सूचना प्रविधि दिवस – २०८२ बिभिन्न कार्यक्रम गरि मनाइएको छ । “सूचना प्रविधिको अभियान, डिजिटल नेपालको निर्माण” भन्ने मूल नाराका साथ यो दिवस मनाइएको हो । राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा कम्प्युटर एसोसिएसन नेपाल महासघं सिन्धुलीले मावि गडौली खैरेनीमा निःशुल्क कम्प्युटर मर्मत कार्यक्रम सम्पन्न गरेको छ ।


कम्प्युटर एसोसिएसन नेपाल महासघं सिन्धुलीका अध्यक्ष प्रेमनाथ मैनालीको अध्यक्षता तथा कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ बागमती प्रदेशका अध्यक्ष किरण श्रेष्ठको प्रमुख अतिथ्यतामा निःशुल्क कम्प्युटर मर्मत कार्यक्रम संचालन गरिएको हो । बिद्यालयको ल्याबमा रहेका कम्प्युटर बिग्रीएर बसेको अवस्थामा दिवसको अवसर पारेर निशुल्क रुपमा मर्मत गरिएको कम्प्युटर एसोसिएसन नेपाल महासघं सिन्धुलीका अध्यक्ष प्रेमनाथ मैनालीले जानकारी दिनुभयो ।


त्यस्तै दिवसको अवसरमा कमलामाई नगरपालिकाको सुचना प्रविधि शाखाले कमलामाई नगरपालिका ५ स्थित कमला जनज्योति माध्यमिक विद्यालय सिलामेमा आइसिटि  सामाग्री हस्तान्तरण गरेको छ । वडा अध्यक्ष पूर्ण बहादुर खड्काको अध्यक्षतामा बिद्यालयलाई आइसिटि सामाग्री हस्तान्तरण गरिएको हो । आइसिटि डे २०२५ को अवसरमा वडा अध्यक्ष खड्काले सूचना तथा प्रविधि क्षेत्रसंग सम्बन्धित सम्पुर्णमा स्मार्ट सोच सहित समृद्ध नगर निर्माणमा निरन्तर लागि रहने प्रतिबद्धता व्यक्त गर्दै शुभकामना दिनुभएको छ ।

 


सबैले डिजिटल साक्षरताको अभिवृद्धि, प्रविधिको सहि सदुपयोग तथा साइबर सुरक्षा प्रति सचेत रहनुपर्ने आवश्यकता स्मरण गर्दै नगरपालिकाको सेवा प्रवाहमा समेत डिजिटल प्रविधिको समाववेशीकरण गर्दै नागरिकलाई सहज, छरितो र प्रभावकारी सेवा दिन नगरपालिकाले विभिन्न कार्यक्रमहरु अघि बढाई रहेको छ । प्रविधिमा आधारित नगर प्रणाली मार्फत स्मार्ट नगरको सपना साकार पार्न आ–आफ्नो ठाउँबाट सकारात्मक भुमिका निर्वाह गर्न समेत अपिल गरीएको छ ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुलीमा किशोरी सम्मेलनको आयोजना

सिन्धुली, बैशाख २७, २०८२ शनिबार । सिन्धुलीमा किशोरी सम्मेलन गरिएको छ । प्लान नेपालको सहयोगमा जनजाती समाज विकास कार्यक्रम जेएसडिपि सिन्धुलीले

RadioSiddhababa

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम बर्दिबासमा सम्पन्न

नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले महोत्तरीको बर्दिबासमा आयोजना गरेको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

RadioSiddhababa

तीन दिने निःशुल्क दाँत तथा आँखा शिविर बाट एक हजार भन्दा बढीले सेवा लिए

सिन्धुली, बैशाख २६, २०८२ शुक्रबार । हरिहरपुरगढी गाउँपालिकामा सञ्चालित तीन दिने निःशुल्क दाँत तथा आँखा शिविर बाट एक हजार भन्दा बढी स्थानीयले सेवा