सिन्धुलीमाडीमा सञ्चालित प्रादेशिक महोत्सवको समापन

RadioSiddhababa


पुस २२, सिन्धुली – सिन्धुलीमाडीमा संचालीत प्रादेशिक महोत्सव २०७५ आईतबार बाट सकिएको छ । पुस  १३ गते बाट सञ्चालित महोत्सवको प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी समापन गरिएको हो । कार्यक्रममा मुख्यमन्त्री पौडेलले प्रदेश सरकार राष्ट्र निर्माण गर्ने अभियान लागेको बताउनुभयो । उहाँले समृद्ध नेपाल र सुखि नेपालीको नारा लिएर अगाडी बढे पनि नारामा मात्रै सिमित भएकाले अव समृद्धीको बाटो खन्ने अभियानको शुरुवात गरिएको बताउनु भयो । भाषण गरेर मात्र समृद्धी नहुने भन्दै उहाँले कामको नै थालनी गरि सकिएको पनि बताउनु भयो ।
 सिन्धुली जिल्ला जल,जमिन र जंगलले लगात सबै कुराले सम्पन्न भएको र यि तिनै कुरा विकाशका आधारहरु भएकाले  जिल्लाको समृद्धी  नजिकै रहेको उहाँले बताउनु भयो । जिल्लामा यति सँम्भावना हुँदा हुदैँ पनि अझै सम्म सही सदुपयोग गर्न नसकेकोमा चिन्ता व्यक्त गर्नु भयो । जिल्लाको हरेक सम्भावनाहरुको विषलेश्ण गरी सबै वस्तुहरुको सही सदुपयोग गरेर समृद्ध सिन्धुली निर्माण गरी जिल्लावासिलाई खुसि बनाउने संकल्पमा लिएर सरकार अगाडी बढेको बताउनु भयो ।  
कार्यक्रममा प्रदेश ३ का भूमी व्यवस्थापन, कृषी, तथा सहकारी मन्त्री दाबा दोर्जे लामाले सिन्धुलीबासीलाई अल्छि नगरी कृषीमा लाग्न आग्रह गर्नुभयो । महोत्सव मूल समारोह समितिका संयोजक अमरेश चन्द्र बैदारको अध्यक्षतामा भएको कार्यक्रममा महोत्सवमा स्थानिय उत्पादनको उत्कृष्ट प्रदर्शनी गर्ने कृषक, विद्यालय स्तरिय नृत्य प्रतियोगिताका विजयीलाई नगद पुरस्कार प्रदान गरिएको थियो । यस्तै महोत्सव सफल पार्न सहयोग पुर्याउने जिल्लाका संघ संस्थालाई प्रसंशा पत्र प्रदान गरिएको थियो । कृषि, पर्यटन, जलस्रोत र उद्योग क्षेत्रको बिकास, समृद्ध ३ नं प्रदेशको आधार भन्ने मुल नारा सहित यही पुस १३ गते बाट महोत्सव सञ्चालन गरिएको थियो ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

“सिक्दै, कमाउदै र पढ्दै” कार्यक्रमको आम्दानी रकमको ५० प्रतिशत बिद्यार्थीहरुलाई बितरण

  सिन्धुली, मंसिर २२, २०७८ बुधबार । कल्पना भुजेल जनज्योती मा.वि. फोस्रेटारमा ब्यवसायीक उत्पादन अन्तर्गत “सिक्दै, कमाउदै र पढ्दै” कार्यक्रमको

RadioSiddhababa

१० औँ राष्ट्रिय कर दिवसको अवसरमा सिन्धुलीका निर्माण ब्यवसायी दिपक कुमार कार्की सम्मानित

सिन्धुली, मंसिर १, २०७८ बुधबार । संजिव मगर करदाता सेवा कार्यालय सिन्धुलीले आज १० औँ राष्ट्रिय कर दिवसको अवसरमा जिल्लाको निर्माण ब्यवसायी दिपक कुमार

RadioSiddhababa

राम्माडी स्थित सिन्धुली मिनिमार्केटको सांसद खड्का द्धारा उद्घाटन

सिन्धुली, असोज २३, २०७८ शनिबार । संजिव मगर सिन्धुलीको कमलामाई नगरपालिका ६ राम्माडी स्थित संचालनमा आउन लागेको सिन्धुली मिनिमार्केटको आज उद्घाटन