भोली चैत १४ गते कमलामाई नगरपालिकाको कामकाज बन्द हुने

सिन्धुली, चैत १३, २०८१ बुधबार ।
भोली चैत १४ गते सिन्धुलीको कमलामाई नगरपालिकाको कामकाज बन्द हुने भएको छ । नगरपालिकाको २८ औँ स्थापना दिवसको अवसरमा भोली नगरपालिका तथा मातहतका कार्यालय हरु र सामुदायिक बिद्यालयको नियमति कामकाज बन्द हुने भएको हो । नियमित कामकाज बन्द भएपनि आकस्मिक सेवा भने सुचारु हुने कमलामाई नगरपालिकाले जनाएको छ ।
वि.सं.२०५३ चैत १४ गते स्थापना भएको कमलामाई नगरपालिकाले २८ औँ स्थापना दिवसको अवसरमा बिभिन्न कार्यक्रमहरु संचालन गर्ने भएको छ । स्थापना दिवसको अवसरमा ब्याडमिन्टन प्रतियोगिता, सरसफाई, भलिबल, चम्चा दौड, म्युजिकल चियर, विंगो खेल, हाडी फुटाउने खेल लगायतका कार्यक्रमहरु हुने नगरपालिकाले जनाएको छ ।
स्थापना दिवसको अवसरमा आज सार्वजनिक स्थलहरुमा सरसफाई गरिएको छ । सिन्धुलीमाढी स्थित खुल्लामन्च, अस्पताल रोड, स्टलबजार क्षेत्रमा सरसफाई गरिएको हो । नगर प्रमुख उपेन्द्र कुमार पोखरेल, प्रमुख प्रशासकीय अधिृकत विनोद भट्टराई सहित जनप्रतिनिधि र कर्मचारीहरुको उपस्थितीमा सरसफाई गरिएको छ ।

सिन्धुलीमा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षीय किशोरको मृत्यु
सिन्धुली, बैशाख २४, २०८२ बुधबार । सिन्धुलीमा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षीय किशोरको मृत्यु भएको छ । कमलामाई नगरपालिका ५ स्थित ग्वाङखोला

हरिहरपुरगढी गाउँपालिकामा ३ दिने निःशुल्क आँखा तथा दन्त शिविर सुरु
सिन्धुली, बैशाख २३, २०८२ मंगलबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा निःशुल्क आँखा तथा दन्त शिविर सुरु भएको छ । हरिहरपुरगढी गाउँपालिका वडा नम्बर

जेठ ४ गते देखि ६ गते सम्म फिक्कल उपाध्यक्ष भलिवल प्रतियोगिता संचालन हुने
सिन्धुली, बैशाख २२, २०८२ सोमबार । सिन्धुलीको फिक्कल गाउँपालिकामा फिक्कल उपाध्यक्ष भलिवल प्रतियोगिता संचालन हुने भएको छ । आगामी जेठ ४ गते देखि ६ गते
प्रतिकृया दिनुहोस