मरिण गाउँपालिका ५ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन

सिन्धुली, चैत १२, २०८१ मंगलबार ।
सिन्धुलीको मरिण गाउँपालिका वडा नंं. ५ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ । नवनिर्मित भवनको सिन्धुली क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल राजनले उद्घाटन गर्नुभएको हो ।
कुल ८९ लाख ४९ हजार ४ सय ३९ रुपैयाँ लागतमा साढे दुई तलाको वडा कार्यालय भवन निर्माण सम्पन्न गर्न एल.एस. कन्ट्रक्सन, मन्थली रामेछापले ठेक्का लिएको थियो । भवन उद्घाटनको अवसरमा प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल राजनले नवनिर्मित भवनबाट नागरिकलाई निस्वास्र्थ, निशर्त र प्रभावकारी सेवा प्रवाह गर्न आग्रह गर्नुभएको छ ।
भवन उद्घाटन कार्यक्रममा संविधानसभा सदस्य तुल बहादुर माझी, प्रमुख जिल्ला अधिकारी लीला प्रसाद शर्मा, प्रहरी उपरिक्षक गोविन्दराज काफ्ले, माओवादी केन्द्र मरिण गाउँकमिटिका इन्चार्ज पदम अस्तानी, अध्यक्ष काजीमान थिङ लगायत स्थानीयको उपस्थिती रहेको थियो ।

सिन्धुलीमा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षीय किशोरको मृत्यु
सिन्धुली, बैशाख २४, २०८२ बुधबार । सिन्धुलीमा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षीय किशोरको मृत्यु भएको छ । कमलामाई नगरपालिका ५ स्थित ग्वाङखोला

हरिहरपुरगढी गाउँपालिकामा ३ दिने निःशुल्क आँखा तथा दन्त शिविर सुरु
सिन्धुली, बैशाख २३, २०८२ मंगलबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा निःशुल्क आँखा तथा दन्त शिविर सुरु भएको छ । हरिहरपुरगढी गाउँपालिका वडा नम्बर

जेठ ४ गते देखि ६ गते सम्म फिक्कल उपाध्यक्ष भलिवल प्रतियोगिता संचालन हुने
सिन्धुली, बैशाख २२, २०८२ सोमबार । सिन्धुलीको फिक्कल गाउँपालिकामा फिक्कल उपाध्यक्ष भलिवल प्रतियोगिता संचालन हुने भएको छ । आगामी जेठ ४ गते देखि ६ गते
प्रतिकृया दिनुहोस