हरिहरपुरगढी गाउँपालिका १ कोक्टि स्थित कालिका आधारभूत विद्यालय भवनको शिलान्यास

सिन्धुली, चैत १०, २०८१ आइतबार ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १ कोक्टि स्थित कालिका आधारभूत विद्यालय भवनको शिलान्यास गरिएको छ । भवनको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाले शिलान्यास गर्नुभएको हो ।
भवनको शिलान्यास गर्नुहुँदै हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाले भौगोलिक हिसाबले निकै विकट रहेको कोक्टीमा शिक्षाको क्षेत्रमा भौतिक पुर्बाधारहरु निर्माणमा गाउँपालिका लागि परेको बताउनुभयो । उहाँले गुणस्तरीय शिक्षाको लागि शिक्षक, अभिभावक र विद्यार्थी सबैको भूमिका रहेको बताउनुभयो ।
संघिय सरकार बाट हस्तान्तरित कार्यक्रम (विशेष अनुदान) को भ्याट सहित चारकोठे आरसिसि भवन ८९ लाख ८८ हजार ६ सय २३ रुपैयाँ लागतमा कालिका आधारभुत विद्यालय र सोहि वडाको चिसापानी स्थित जनज्योति आधारभुत विद्यालयको भवन एउटै प्याकेजमा निर्माण हुन लागेको हो ।
सिकाक हुस्से निर्माण सेवाले २०८१ मंशिर ७ गते गाउँपालिका सँग २०८२ जेठ २५ गते निर्माण सम्पन्न गरी हस्तानतरण गर्ने गरी सम्झौता गरेको थियो । शिलान्यास कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष जितबहादुर थिङ, वडा सदस्यहरु तथा गाउँपालिकाका शाखागत कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

सिन्धुलीमा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षीय किशोरको मृत्यु
सिन्धुली, बैशाख २४, २०८२ बुधबार । सिन्धुलीमा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षीय किशोरको मृत्यु भएको छ । कमलामाई नगरपालिका ५ स्थित ग्वाङखोला

हरिहरपुरगढी गाउँपालिकामा ३ दिने निःशुल्क आँखा तथा दन्त शिविर सुरु
सिन्धुली, बैशाख २३, २०८२ मंगलबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा निःशुल्क आँखा तथा दन्त शिविर सुरु भएको छ । हरिहरपुरगढी गाउँपालिका वडा नम्बर

जेठ ४ गते देखि ६ गते सम्म फिक्कल उपाध्यक्ष भलिवल प्रतियोगिता संचालन हुने
सिन्धुली, बैशाख २२, २०८२ सोमबार । सिन्धुलीको फिक्कल गाउँपालिकामा फिक्कल उपाध्यक्ष भलिवल प्रतियोगिता संचालन हुने भएको छ । आगामी जेठ ४ गते देखि ६ गते
प्रतिकृया दिनुहोस