सिन्धुलीको २ वटा क्याम्पसमा अनेरास्ववियु र २ वटामा नेविसंघका उम्मेदवार स्ववियु अध्यक्षमा निर्वाचित

सिन्धुली, चैत १०, २०८१ आइतबार ।
सिन्धुलीको ४ वटा क्याम्पसमा स्वतन्त्र बिद्यार्थी युनियन स्ववियुको निर्वाचन सम्पन्न भएको छ । चैत ५ गते बिभिन्न कारणले रोकिएको निर्वाचन चैत ९ गते सम्पन्न भएको छ । सिन्धुलीको जिल्लाको शैक्षिक धरोहर सिन्धुली बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षको अनेरास्ववियु र अखिल क्रान्तीकारीको तर्फबाट उम्मेदवार बन्नुभएको अनेरास्ववियुका तुलसीराम भुजेल बिजयी हुनुभएको छ । अध्यक्ष पदका लागि ३ जना बिच भएको प्रतिष्पर्धामा उहाँले २ सय ८७ मत प्राप्त गर्दै बिजयी हुनुभएको हो ।
उहाँका प्रतिष्पर्धी नेपाल बिद्यार्थी संघ नेविसंघका समीर विक्रम थापाले २ सय २२ मत प्राप्त गर्नुभयो भने स्वतन्त्र उम्मेदवार विनोद कुमार कार्कीले १ सय ४७ मत प्राप्त गर्नुभएको छ । सचिवमा अखिल क्रान्तीकारीका विष्णु पाण्डेले ३ सय ४३ मत प्राप्त गर्दै बिजयी हुनुभएको छ । उहाँका प्रतिष्पर्धी नेविसंघका केशव घिमिरेले २ सय ९८ मत प्राप्त गर्नुभएको छ । कोषाध्यक्षमा अखिल क्रान्तीकारीकी बिमला सिदालीले ३ सय ३० मत प्राप्त गर्दै बिजयी हुनुभएको छ । उहाँको प्रतिष्पर्धी नेविसंघको सिजन श्रेष्ठले २ सय ९७ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै स्ववियु निर्वाचन बाट सिद्धज्योति शिक्षा क्याम्पस फोस्रेटार सिन्धुलीमा नेपाल विद्यार्थी संघ नेविसंघको प्यानल नै विजयी भएको छ । निर्वाचन बाट नेविसंघका उमेदवार मिलन भुजेलको प्यानल विजयी भएको हो । अनेरास्ववियु र अखिल (क्रान्तिकारी) का साझा उमेदवार मञ्जु राना मगरको प्यानललाई पराजित गर्दै भुजेलको टिम निर्वाचित भएको हो ।
अध्यक्षमा मिलन भुजेल १ सय १४ मत सहित बिजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धि मगरले ६३ मत प्राप्त गर्नुभएको छ । यस्तै सचिवमा नेविसंघका मनोज श्रेष्ठ १ सय ६ मत सहित बिजयी हुनभयो भने उहाँका प्रतिस्पर्धि सिजन मगरले ७८ मत प्राप्त गर्नुभएको छ । कोषाध्यक्षमा नेविसंघकी नविना आचार्यले ९५ मत सहित विजयी हुनुभएको छ भने उहाँको प्रतिष्पर्धी गठबन्धनकी तारा सुनुवारले सुुनुवारले ८९ मत प्राप्त गर्नुभयो ।
त्यस्तै माढीबजार स्थित गौमती बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका विकास तामाङ विजयी हुनुभएको छ । १ सय २५ मत सहित उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँले अनेरास्ववियु र अखिल (क्रान्तिकारी) का साझा उमेदवार मुकेश दाहाललाई ५ मतले हराउँदै विजयी हुनुभएको छ । मुकेशले १ सय २० मत प्राप्त गर्नुभएको छ । यस्तै स्वतन्त्र उमेदवार गोपाल राना मगरले ३० मत प्राप्त गर्नुभयो भने समाजवादीका उमेदवार पुष्पा परियारले ६ मत प्राप्त गर्नुभयो ।
सचिवमा नेविसंघका धिरज जयसवाल चौधरी १ सय ५९ मत सहित विजयी हुनुभयो भने अनेरास्ववियु र अखिल (क्रान्तिकारी) का साझा उमेदवार अनिता पाख्रिनले १ सय १६ मत प्राप्त गर्नुभयो । समाजवादीका सर्मिला थापाले ७ मत प्राप्त गर्नुभयो । कोषाध्यक्षमा अनेरास्ववियु र अखिल (क्रान्तिकारी) का साझा उमेदवार यशोदा राना मगर विजयी हुनुभएको छ । मगरले १ सय ४६ मत प्राप्त गर्नुभयो भने नेविसंघका मनिषा चौलागाईंले १ सय २९ मत प्राप्त गर्नुभयो ।
त्यस्तै भिमज्योति क्याम्पस खुर्कोटमा अनेरास्ववियुकी लक्ष्मी श्रेष्ठ निर्वाचित हुनुभएको छ । उहाँ दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो । अनेरास्ववियु र अखिल (क्रान्तिकारी) को साझा प्यानल बाट उमेदवार बन्नुभएकी श्रेष्ठको सबै प्यानल विजयी भएको छ । १ सय ३१ मत रहेका उक्त क्याम्पसमा ३६ मत मात्र खसेको थियो । ३६ मतमा ३४ मत ल्याएर श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनुभएको हो ।यस्तै सचिवमा श्रेष्ठका प्यानलका रुपा भुजेल, कोषाध्यक्षमा सन्तोष ताम्राकार निर्वाचित भएका छन ।

कमलामाई नगरपालिका ९ स्थित बथानचौडी स्थित एक घरमा आगलागी
सिन्धुली, बैशाख १५, २०८२ सोमबार । सिन्धुलीको कमलामाई नगरपालिका ९ बथानचौडी स्थित एक घरमा आगलागी भएको छ । स्थानीय टेक प्रसाद दाहालको २ कोठाको पक्की र

उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीले जिल्ला स्तरका सरोकारवाला हरुसंग अन्तरक्रिया
सिन्धुली, बैशाख १२, २०८२ शुक्रबार । उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीले जिल्ला स्तरका सरोकारवाला हरुसंग अन्तरक्रिया गरेको छ । कार्यालय प्रमुख

सिन्धुलीमा फुड फेस्टिवल २०८२ सुरु
सिन्धुली, बैशाख १२, २०८१ शुक्रबार । सिन्धुलीमा “पर्यटन सांस्कृतिक, व्यापार, उद्योग तथा फुड फेस्टिवल २०८२” सुरु भएको छ । ब्रदरहुड इभेन्ट एण्ड
प्रतिकृया दिनुहोस