त्रयम्बकेश्वर जोतिर्लिङ्ग मन्दिरमा श्रीमदभागवतको तयारी पुरा

सिन्धुली, फागुन ६, २०८१ मंगलबार ।
सिन्धुलीको कमलामाई नगरपालिका २ चियाबारी नजिकै अवस्थित त्रयम्बकेश्वर ज्योर्तिलिङ्ग र गौमती गंगाको प्रचार प्रसारका लागि आयोजना गर्न लागिएको श्रीमद्भागवतको तयारी पुरा भएको छ । भोली देखि फागुन १५ गते सम्म हुने श्रीमद्भागवतको लागि आवस्यक बस्ने ठाउँ, खानेपानीको व्यवस्था तथा शौैचालयको व्यवस्था लगाएतका तयारी पुरा भएको हो ।
धर्मग्रन्थमा बर्णन गरिएका १२ ज्योर्तिलिङ्ग मध्य प्रसिद्ध आठौं त्रयम्बकेश्वर ज्योर्तिलिङ्ग तथा गौमती गंगाको उत्पती स्थलमा श्रीमद्भागवतको आयोजना गरि प्रचार प्रसार बढाउन थालिएको हो । नेपालका प्रथम जगतगुरु बालशन्त मोहनशरण देवाचार्य महाराज श्री गुरुको मुखारविन्द बाट ज्योर्तिलिङ्ग तथा गौमती गंगाको उत्पतीको बारेमा कथा बाचन गरी धार्मिक महत्व बढाउनुका साथै पर्यटन प्रर्वद्धनको रुपमा समेत विकास गर्ने गरी तयारी थालिएको छ ।
शिव पुराण, स्कन्द पुराण, बृहत विष्णु पुराण, वाल्मिकी, राममायण लगायतका धर्मग्रन्थमा बर्णन गरिएका १२ ज्योर्तिलिङ्ग मध्य प्रसिद्ध आठौं त्रयम्बकेश्वर ज्योर्तिलिङ्ग जिल्लाको पवित्र गौमती तटमा विराजमान रहेको पहिचान गरी प्रचार प्रसार भए सँगै महत्व र विश्वास पनि बढ्न थालेको छ ।
वि. सं. २०७६ साल मंसिर २४ गते नेपालका प्रथम जगतगुरु बालशन्त मोहनशरण देवाचार्य महाराज श्री गुरुले त्रयम्बकेश्वर ज्योर्तिलिङ्गको प्राणप्रतिष्ठा गरे सँगै अहिले जिल्लाको कमलामाई नगरपालिका २ स्थित गौमती गंगाको समेत महत्व बढेको छ । त्रयम्बकेश्वर ज्योर्तिलिङ्ग र पवित्र गौमती गंगाको उत्पती महर्षि गौतम ऋषी र गौतम ऋषी पत्नी अहिल्याको तपश्याबाट भएको धार्मिक विश्वास रहेको पाईन्छ ।

सिन्धुलीमा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षीय किशोरको मृत्यु
सिन्धुली, बैशाख २४, २०८२ बुधबार । सिन्धुलीमा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षीय किशोरको मृत्यु भएको छ । कमलामाई नगरपालिका ५ स्थित ग्वाङखोला

हरिहरपुरगढी गाउँपालिकामा ३ दिने निःशुल्क आँखा तथा दन्त शिविर सुरु
सिन्धुली, बैशाख २३, २०८२ मंगलबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा निःशुल्क आँखा तथा दन्त शिविर सुरु भएको छ । हरिहरपुरगढी गाउँपालिका वडा नम्बर

जेठ ४ गते देखि ६ गते सम्म फिक्कल उपाध्यक्ष भलिवल प्रतियोगिता संचालन हुने
सिन्धुली, बैशाख २२, २०८२ सोमबार । सिन्धुलीको फिक्कल गाउँपालिकामा फिक्कल उपाध्यक्ष भलिवल प्रतियोगिता संचालन हुने भएको छ । आगामी जेठ ४ गते देखि ६ गते
प्रतिकृया दिनुहोस