नेपाल किसान महासंघ सिन्धुलीको अध्यक्षमा जुनेश खड्का चयन

सिन्धुली, फागुन ६, २०८१ मंगलबार ।
नेपाल किसान महासंघ सिन्धुलीको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । जुनेश खड्काको अध्यक्षता तथा नेपाली कांग्रेस सिन्धुलीका सभापति एंव कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोख्रेलको प्रमुख आतिथ्यतामा चौथो जिल्ला अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनले जुनेश खड्काको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको खुल्ला उपाध्यक्षमा गणेश बहादुर राउत, महिला उपाध्यक्षमा कान्ता ढकाल सचिवमा बलराम अधिकारी सह सचिवमा यम बहादुर कार्की (कैलाश) चयन हुनुभएको छ ।
कार्यक्रमको अवसरमा नेपाली कांग्रेस सिन्धुलीका सभापति उपेन्द्र कुमार पोख्रेलले वडा तह देखि पालिका र जिल्लाका सबैलाई उत्पादनमा जोडिन आग्रह गर्नुभएको छ । वडामा बिनियोजन हुने बजेटमा किसान महासंघमा आवद्ध भएका हरुलाई मात्रै नभई सबै किसानहरुलाई जोडेर लैजान उहाँले अनुरोध गर्नुभएको छ ।
कार्यक्रममा बागमति प्रदेश सभा सदस्य क्षेत्र बहादुर बम्जन, केन्द्रिय प्रतिनिधी राजाराम पुडासैनी, नेपाली कांग्रेस सिन्धुलीका पूर्व पार्टी सभापति मोहन बराल, कांग्रेस बागमति प्रदेश सदस्य गंगा दाहाल लगायतको उपस्थिती रहेको थियो ।

कमलामाई नगरपालिका सिन्धुलीले २८ औं स्थापना दिवस मनायो
सिन्धुली, चैत १४, २०८१ बिहिबार । कमलामाई नगरपालिका सिन्धुलीले २८ औं स्थापना दिवस मनाएको छ । कमलामाई नगरपालिकाले बिभिन्न कार्यक्रम हरु गर्दै २८ औँ

सिन्धुलीमा बिल बिजक नभएको सामान बरामद
सिन्धुली, चैत १४, २०८१ बिहिबार । सिन्धुलीमा बिल बिजक नभएको सामान बरामद गरिएको छ । बुधबार राती सावारी साधन चेकजाँच गर्ने क्रममा विपि राजमार्ग

भोली चैत १४ गते कमलामाई नगरपालिकाको कामकाज बन्द हुने
सिन्धुली, चैत १३, २०८१ बुधबार । भोली चैत १४ गते सिन्धुलीको कमलामाई नगरपालिकाको कामकाज बन्द हुने भएको छ । नगरपालिकाको २८ औँ स्थापना दिवसको अवसरमा भोली
प्रतिकृया दिनुहोस