तीनपाटन गाउँपालिकाका किसानहरुलाई बिभिन्न कृषि प्रविधि हस्तान्तरण

सिन्धुली, फागुन ६, २०८१ मंगलबार ।
तीनपाटन गाउँपालिका सिन्धुलीका किसानहरुलाई बिभिन्न कृषि प्रविधि हस्तान्तरण गरिएको छ । तीनपाटन गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग र हाम्रो प्रयास नेपालको सहजीकरणमा २७ जना किसानहरुलाई कृषि सामाग्री वितरण गरिएको हो ।
तीनपाटन गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग र हाम्रो प्रयास नेपालको सहजीकरणमा संचालित कृषि तथा पशुपालन विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता साझेदारी विकास परियोजना अन्तर्गत गठित समूहका सदस्यहरूलाई तरकारी खेती र अन्य कृषि खेतीका लागि सहजता पुग्ने उद्देश्यले समूहका सदस्यहरूलाई ५० प्रतिशत लागत साझेदारीमा प्रविधि हस्तान्तरण गरिएको तीनपाटन गाउँपालिकाले जनाएको छ ।
२७ जनालाई मिनी टिलर, १० लिटरको २२ वटा दुध बोक्ने क्यान, ५० जना कृषकलाई प्लाष्टिक टनेल, वडा नं ६ को सहज र वडा नं ८ को त्रिवेणी सामाजिक उद्यमी महिला सहकारीलाई १०० प्रतिशत अनुदानमा १÷१ सेट कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरिएको हो ।
प्रविधि हस्तान्तरण कार्यक्रममा तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर मगर, प्रमुख प्रशासकीय अधिकृत मनिषा चौधरी, विभिन्न वडाका वडा अध्यक्षहरु, हाम्रो प्रयास नेपाल सिन्धुलीका अध्यक्ष गंगा दाहाल, हेफर इन्टरनेशनल नेपालका वरिष्ठ कार्यक्रम प्रवन्धक दिपेश पोख्रेल र हेफर प्रोजेक्टका कार्यक्रम अधिकृत ठाकुर खड्काको उपस्थिती रहेको थियो ।

सिन्धुलीमा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षीय किशोरको मृत्यु
सिन्धुली, बैशाख २४, २०८२ बुधबार । सिन्धुलीमा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षीय किशोरको मृत्यु भएको छ । कमलामाई नगरपालिका ५ स्थित ग्वाङखोला

हरिहरपुरगढी गाउँपालिकामा ३ दिने निःशुल्क आँखा तथा दन्त शिविर सुरु
सिन्धुली, बैशाख २३, २०८२ मंगलबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा निःशुल्क आँखा तथा दन्त शिविर सुरु भएको छ । हरिहरपुरगढी गाउँपालिका वडा नम्बर

जेठ ४ गते देखि ६ गते सम्म फिक्कल उपाध्यक्ष भलिवल प्रतियोगिता संचालन हुने
सिन्धुली, बैशाख २२, २०८२ सोमबार । सिन्धुलीको फिक्कल गाउँपालिकामा फिक्कल उपाध्यक्ष भलिवल प्रतियोगिता संचालन हुने भएको छ । आगामी जेठ ४ गते देखि ६ गते
प्रतिकृया दिनुहोस