समावेशी शिक्षण पद्धती तथा कार्यगत सिमितता पहिचान सम्बन्धी २ दिने तालिम सिन्धुलीमाढीमा सम्पन्न

RadioSiddhababa

सिन्धुली, फागुन ५, २०८१ सोमबार ।
    
समावेशी शिक्षण पद्धती तथा कार्यगत सिमितता पहिचान सम्बन्धी २ दिने तालिम सिन्धुलीमाढीमा सम्पन्न भएको छ । प्लान इन्टरनेशन नेपाल र मानव तथा राष्ट्रिय विकास समाज ह्याण्स नेपाल सिन्धुलीको साझेदारीमा संचालित उज्ज्वलता परियोजना अन्तर्गत तालिमको आयोजना गरिएको हो । 


किशोरीहरुको सिकाईमा उपलब्धी ल्याउने र गुणात्मक शिक्षामा पहुँच पुर्याउने उदेश्यले कमलामाई नगरपालिका र दुधौली नगरपालिकाका ३० वटा सामुदायिक बिद्यालयका कक्षा ६ देखि १० सम्मका बालबालिकाहरुलाई लक्षित गर्दै उज्वलता परियोजना संचालन भइरहेको छ । सोहि परियोजना अन्तर्गत कमलामाई नगरपालिकाका १५ वटा बिद्यालयका १५ जना शिक्षकलाई तालिम प्रदान गरिएको हो । 


बिद्यालयमा शैक्षिक वातावरण सुधार गर्न, समावेशी शिक्षालाई अगाडी बढाउन, सिकाईमा कठिनाई भएका बालबालिकाहरुको पहिचान गर्न सिकाउने उदेश्यले शिक्षकहरुलाई तालिमको आयोजना गरिएको ह्याण्स नेपाल सिन्धुलीका परियोजना संयोजक कमला लामाले जानकारी दिनुभयो । 


तालिममा समावेशी शिक्षा पद्धती, अपांगताको प्रकार र पहिचान, बालबालिकाको क्रियात्मक क्षमताको पहिचान गर्ने लगायतको कुरा सिकाइएको तालिमका प्रशिक्षक रामलाल धामीले बताउनुभयो ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुलीमा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षीय किशोरको मृत्यु

सिन्धुली, बैशाख २४, २०८२ बुधबार ।  सिन्धुलीमा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षीय किशोरको मृत्यु भएको छ । कमलामाई नगरपालिका ५ स्थित ग्वाङखोला

RadioSiddhababa

हरिहरपुरगढी गाउँपालिकामा ३ दिने निःशुल्क आँखा तथा दन्त शिविर सुरु 

सिन्धुली, बैशाख २३, २०८२ मंगलबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा निःशुल्क आँखा तथा दन्त शिविर सुरु भएको छ । हरिहरपुरगढी गाउँपालिका वडा नम्बर

RadioSiddhababa

जेठ ४ गते देखि ६ गते सम्म फिक्कल उपाध्यक्ष भलिवल प्रतियोगिता संचालन हुने

सिन्धुली, बैशाख २२, २०८२ सोमबार । सिन्धुलीको फिक्कल गाउँपालिकामा फिक्कल उपाध्यक्ष भलिवल प्रतियोगिता संचालन हुने भएको छ । आगामी जेठ ४ गते देखि ६ गते