समय पाठशालाको दशौं बार्षिकोत्सव, दश युवा ब्यक्तित्व सम्मानित

सिन्धुली, फागुन २, २०८१ शुक्रबार ।
सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित धुराबजारमा रहेको समय पाठशालाको दशौं बार्षिकोत्सव तथा दोस्रो स्टिम एक्सपो २०८१ सम्पन्न भएको छ । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष काजिमान बज्यूको अध्यक्षता तथा शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका प्रमुख निर्मल कुमार घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।
दशौं बार्षिकोत्सवको अवसरमा सिन्धुली जिल्लामा बिभिन्न क्षेत्रमा योगदान पुर्याउने १० जना युवा ब्यक्तित्वहरुलाई बिद्यालयले सम्मान गरेको छ । स्थानीय तहमा नेतृत्व गर्नुहुने मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तान प्रख्यात, सहकारी क्षेत्र बाट सहकारी अभियान्ता तथा जिल्ला सहकारी संघका अध्यक्ष नवराज कोइराला, संचार क्षेत्र बाट रेडियो सिद्धबाबा र सिद्धबाबा टेलिभिजनका प्रबन्धक टिका जंग थापा, साहित्यीक क्षेत्रबाट रुपक जमरा, कला क्षेत्र बाट कलाघर सिन्धुलीका अध्यक्ष सुमन थापा मगरलाई सम्मान गरिएको छ ।
त्यस्तै शिक्षा क्षेत्र बाट स्कलर्स एकेडेमि भिमानका संस्थापक प्रिन्सीपल रविन पौडेल, ब्यापार तथा उद्योग क्षेत्रबाट जेसि इन्डष्ट्रिजका संचालक विकास श्रेष्ठ, इन्जिनियरिङ क्षेत्र बाट श्रीवास इन्जिनियरिङ प्रालिका संचालक इन्जिनियर रोशन लामा, चिकित्सा क्षेत्र बाट सिन्धुली अस्पतालका जेनेरल सर्जन डाक्टर दिन्जुल कटुवाल र स्थानीय कृषि उत्पादन तथा लघुउद्यम क्षेत्र बाट बिमला थापालाई सम्मान गरिएको छ ।
त्यस्तै बिद्यालयको यस दशबर्षे यात्रामा बिद्यालयलाई जिल्ला तह हुदै राष्ट्रिय स्तरमा चिनाउन बिभिन्न योगदान पुर्याउने १० बिद्यार्थीलाई समेत सम्मान गरिएको छ । वातावरण संरक्षण र प्रकृति संरक्षण गर्ने थिमका साथ १० औं बार्षिकोत्सव मनाएको बिद्यालयले कार्यक्रमको अवसरमा बिभिन्न जनचेतना मुलक तथा देश भक्ती भाव समेटिएको सांस्कृतिक प्रस्तुती समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रमको अवसरमा कमलामाई नगरपालिका ६ का वडा अध्यक्ष उज्वल कुमार थापा, एन प्याब्सनका केन्द्रिय सचिव कृष्ण कुमार उप्रेती, नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका सभापति अशोक श्रेष्ठ लगायत अभिभावक, शिक्षक बिद्यार्थी हरुको उपस्थिती रहेको थियो ।

सिन्धुलीमा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षीय किशोरको मृत्यु
सिन्धुली, बैशाख २४, २०८२ बुधबार । सिन्धुलीमा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षीय किशोरको मृत्यु भएको छ । कमलामाई नगरपालिका ५ स्थित ग्वाङखोला

हरिहरपुरगढी गाउँपालिकामा ३ दिने निःशुल्क आँखा तथा दन्त शिविर सुरु
सिन्धुली, बैशाख २३, २०८२ मंगलबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा निःशुल्क आँखा तथा दन्त शिविर सुरु भएको छ । हरिहरपुरगढी गाउँपालिका वडा नम्बर

जेठ ४ गते देखि ६ गते सम्म फिक्कल उपाध्यक्ष भलिवल प्रतियोगिता संचालन हुने
सिन्धुली, बैशाख २२, २०८२ सोमबार । सिन्धुलीको फिक्कल गाउँपालिकामा फिक्कल उपाध्यक्ष भलिवल प्रतियोगिता संचालन हुने भएको छ । आगामी जेठ ४ गते देखि ६ गते
प्रतिकृया दिनुहोस