सिन्धुलीको मरिणमा कार र बोलेरो ठक्कर खादा सडक पेटीमा बसेकी महिलाको मृत्यु

सिन्धुली, मंसिर १० २०८१, सोमबार ।
सिन्धुलीको मरिण गाउँपालिका ७ देउजोरमा कार र बोलेरो ठक्कर खादा सोमबार सडक पेटीमा बसिरहेकी एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मरिण गाउँपालिका ७ की ७६ बर्षिय बुद्धलक्ष्मी श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
दुई वटा सवारी साधन ठक्कर खाई बोलेरो गाडी महिला माथि पल्टदा गम्भिर घाईते भएकी श्रेष्ठलाई थप उपचारका लागि सिन्धुली अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको सिन्धुलीका प्रहरी नायव उपरिक्षक अनिल कुमार खड्काले जानकारी दिनुभयो । दुर्घटनामा परी कारमा सवार अन्य ३ जना घाईते भएको र उनीहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचार गरिएको प्रहरी नायव उपरिक्षक खड्काले बताउनुभयो ।
नारायणगढ बाट मदनभण्डारी राजमार्ग हुदै विराटनगर आउदै गरेको बा ७ च ७५५४ नम्वरको कार र सिन्धुलीबाट हेटौडा जादै गरको बागमती प्रदेश ०३ ००१ च १६२३ नम्वरको बोलेरो ठक्कर खाई महिला माथि बोलेरो पल्टेको प्रहरीको भनाई छ । कार तथा कार चालक बिराटनगर महानगरपालिका १२ का ६४ बर्षिय ओम बहादुर अर्जाल र बोलेरो तथा बोलेरो चालक भरतपुर महानगरपालिका १६ का पृतम परियारलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम बर्दिबासमा सम्पन्न
नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले महोत्तरीको बर्दिबासमा आयोजना गरेको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

तीन दिने निःशुल्क दाँत तथा आँखा शिविर बाट एक हजार भन्दा बढीले सेवा लिए
सिन्धुली, बैशाख २६, २०८२ शुक्रबार । हरिहरपुरगढी गाउँपालिकामा सञ्चालित तीन दिने निःशुल्क दाँत तथा आँखा शिविर बाट एक हजार भन्दा बढी स्थानीयले सेवा

कमलामाई नगरपालिका ४ का दलित तथा विपन्न परिवारलाई पानीट्यांकी वितरण
सिन्धुली, बैशाख २६, २०८२ शुक्रबार । सिन्धुलीको कमलामाई नगरपालिका वडा नंं. ४ मा रहेका विपन्न दलित परिवारलाई निःशुल्क पानीट्याङ्की वितरण गरीएको छ ।
प्रतिकृया दिनुहोस