सिन्धुलीमा धान थन्क्याउने अन्तिम समयमा फौजी किराले धान बाली नष्ट गर्दै
सिन्धुली, कात्तिक २२,बिहिबार ।
धान थन्क्याउने अन्तिम तयारीमा रहेका सिन्धुलीका किसानलाई फौजी किराले धानबाली नष्ट गर्दा समस्या भएकोे छ । कात्तिकको शुरु देखि नै पटक पटक पानी परेर समस्या झेलिरहेका किसानलाई अहिले फौजी किराले धान नष्ट गरेपछि किसानलाई धानको सुरक्षा गर्न समस्या भएको हो । जिल्लामा धान बाली राम्रो हुने फाँट खेतमा पाकेको धानबालीको बाला फौजी किराले काटेर नष्ट गरेको किसानले बताएकाछन् । खास गरी फौजी किराले रातको समयमा धान नष्ट गर्ने गरेका कमलामाई नगरपालिका १ का किसान बाबु भुषालले बताउनुभयो ।
जिल्लाको हरिहरपुरगढी, मरिण, तिनपाटन तथा दुधौलीका फाँटमा लगाइएको धानबाली किराले काटेर नष्ट गरको कृषी विकास कार्यालय सिन्धुलीले पनि जनाएको छ । कार्यालयले धान बढी फलाउने चक्करमा किसानले विभिन्न किसिमका हाइब्रेड धानका बिउ बिजनको प्रयोग बढी गरे सँगै किराको प्रकोप पनि बढेको जनाएको छ । यस्ता धान, तथा मकै बालीहरुमा रोग तथा किराले चाडै आक्रमण गर्ने भएकाले उक्त बिउ बिजनको प्रयोग बढी भएको फाँट खेतहरुमा किराले बढी आक्रमण गरेको कृषी कार्यालय सिन्धुलीका बाली संरक्षण अधिकृत शुसिल श्रेष्ठले बताउनुभयो ।
यस वर्ष धान रोपाई गर्ने समयमा मौसमले साथ दिएकाले धान धेरै फल्ने किसानले आश गरेका भए पनि कतै बाढी पहिरोले खेती योग्य जमिन नै काटन गर्ने, धेरै जसो ठाउँमा फुल खेल्ने समयमा बर्षात भई रहदा बाला मर्ने, कतै गुणस्तरिय बिउ नपर्दा बाला नलाग्ने समस्या हुदा एवं भित्रियाउने बेला पानी परिरहने र फौजी किराले आक्रमण गर्दा मिहिनेत अनुसार उत्पादन नहुने अवस्था आएको जिल्लाका धेरै किसानको बुझाई छ ।
लोक गित प्रतियोगितामा समृद्धि किशोरी समुह कमलामाई नगरपालिका २ प्रथम
सिन्धुली, पुष १३, २०८१, शनिबार ।। किशोरीहरुका लागि कला कार्यशाला सिन्धुलीमाढीमा सम्पन्न भएको छ । किशोरीहरुका लागि कला कार्यशाला अन्तर्गत १ दिने
क्यानेश्वर स्वास्थ्य चौकीमा दुई दिने एकिकृत जनस्वास्थ्य शिविर तथा पोषण प्रवद्र्धन अभियानको उद्घाटन
सिन्धुली, पुष १२, २०८१ शुक्रबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ स्थित क्यानेश्वर स्वास्थ्य चौकीमा दुई दिने एकिकृत जनस्वास्थ्य शिविर तथा पोषण
सिन्धुलीको सुनकोशी गाउँपालिकामा कृषि जैविक विविधता प्रदर्शनी मेलाको आयोजना
सिन्धुली, पुष १२, २०८१ शुक्रबार । सिन्धुलीको सुनकोशी गाउँपालिकामा कृषि जैविक विविधता प्रदर्शनी मेलाको आयोजना गरिएको छ । लि बर्ड संस्था र सुनकोशी
प्रतिकृया दिनुहोस