सिन्धुली कलाघरको मेची महाकाली अभियान सुरु

RadioSiddhababa

सिन्धुली, कात्तिक १२, २०८१ सोमबार ।


सिन्धुली कलाघरले मेची महाकाली अभियान सुरु गरेको छ । सिन्धुलीको कमलामाई नगरपालिका ३ चपौलीमा निर्माणाधीन अवस्थामा रहेको सिन्धुली कलाघरले सास्कृतिक जागरणको लागि नेपालका ७७ वटै जिल्लामा पुग्ने लक्ष्य सहित मेची महाकाली अभियान सुरु गरेको हो ।

 
विश्वको १ सय ९५ देशलाई कला सिर्जना मार्फत प्रस्तुत गरि “वल्र्ड आर्ट हाउस” को रुपमा विकास गर्न, नेपाली मौलीक कला संस्कृतिलाई प्रवद्र्धन गर्दै नयाँ कला सिर्जनाको पाठशाला सास्कृतिक बिद्यालयको स्थापना गर्न, अशक्त, गरिव, रोगी, बृद्ध कलाकार हरुको लागि कलाकार आश्रम निर्माण संगै अक्षय कोष स्थापना गर्न र कलाघर निर्माणको लागि जग्गा खरिदको गर्न आर्थिक सहायताको लागि बिभिन्न सास्कृतिक कार्यक्रम सहितको मेचि महाकाली अभियान सुरु गरिएको कलाघर सिन्धुलीका अध्यक्ष सुमन थापा मगरले जानकारी दिनुभयो । 


मेची महाकाली अभियानमा निस्केको कलाघरको परिवारलाई जिल्ला समन्वय समिति सिन्धुलीले शुभकामना सहित बिदाई गरेको छ । जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ लामा, उपप्रमुख शान्ता कार्की, प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्मा, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख गोविन्दराज काफ्ले नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कृष्णहरु घिमिरे, नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका सभापति अशोक श्रेष्ठ लगायतको उपस्थितीमा नेपालको झण्डा सहित कलाघरको टोलीलाई यात्राका लागि विदाई गरिएको हो । 


अभियान अन्तर्गत अहिले तिहारको अवसर भएकाले बिभिन्न जिल्लामा देउसी भैलो कार्यक्रम मार्फत अभियान संचालन गर्ने र तिहार पछि सास्कृतिक जागरणको रुपमा अभियानलाई अगाडी बढाउने अध्यक्ष मगरले बताउनुभयो । कलाघरको टोलीले मादल, बासुरी र पञ्चेबाजाको साथमा देउसी भैलोसँगै लागुपदार्थ दुव्यर्सनी सम्बन्धी जनचेतना मुलक नाटक, खैजडी भजन, भष्टाचार विरुद्धको सचेतना, लगायत थुप्रै साङ्गीतिक प्रस्तुतिहरु प्रस्तुत गर्ने उहाँले बताउनुभयो । 


अभियान अन्तर्गत कात्तिक १३ र १४ गते पाल्पाको तानसेन र तनहुँमा कात्तिक १५ र १६ गते बुटवलमा, १७ गते चितवन सौरहामा र १८ र १९ गते हेटौडामा बिशेष सास्कृतिक प्रस्तुती रहने उहाँको भनाई छ ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

कमलामाई नगरपालिका ९ स्थित बथानचौडी स्थित एक घरमा आगलागी

सिन्धुली, बैशाख १५, २०८२ सोमबार । सिन्धुलीको कमलामाई नगरपालिका ९ बथानचौडी स्थित एक घरमा आगलागी भएको छ । स्थानीय टेक प्रसाद दाहालको २ कोठाको पक्की र

RadioSiddhababa

उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीले जिल्ला स्तरका सरोकारवाला हरुसंग अन्तरक्रिया

सिन्धुली, बैशाख १२, २०८२ शुक्रबार । उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीले जिल्ला स्तरका सरोकारवाला हरुसंग अन्तरक्रिया गरेको छ । कार्यालय प्रमुख

RadioSiddhababa

सिन्धुलीमा फुड फेस्टिवल २०८२ सुरु 

सिन्धुली, बैशाख १२, २०८१ शुक्रबार । सिन्धुलीमा “पर्यटन सांस्कृतिक, व्यापार, उद्योग तथा फुड फेस्टिवल २०८२” सुरु भएको छ । ब्रदरहुड इभेन्ट एण्ड