सिन्धुली स्लो रेस च्याम्पियनको विजेता बस्नेत

सिन्धुली स्लो रेस च्याम्पियनको विजेता राईडर वर्षा बस्नेत बन्नु भएको छ । शनिवार सिन्धुलीको बसपार्कमा भएको स्लो रेस च्याम्पियन राईडर वर्षा बस्नेत विजेता बन्नु भएको हो । त्यस्तै गरी उपबिजेता, कवि देव बन्नु भएको छ वर्षाले काठमाडौँ र कविदेवले हेटौडा बाट सिन्धुली स्लो रेस च्याम्पियन सहभागिता जनाउनु भएको थियो । विजेताले ३५ हजार र उपविजेताले ५ हजार प्राप्त गर्नु भएको छ।
सिन्धुली राईडरस नेपालको आयोजनामा सिन्धुलीमा पहिलो पटक सञ्चालन भएको बाईक स्लो रेस च्याम्पियनमा , राष्ट्रिय तथा स्थानीय गरी ७७ जना राईडरहरुले सहभागिता जनाएका थिए ।
बाईक स्लो रेस च्याम्पियन कार्यक्रममा काठमाडौँका चर्चित भ्लगरहरुको सहभागिता रहेको थियो । बाहिरी जिल्लाहरू बाट भ्लगरहरु सिन्धुलीमा आउनु भने यहाँको व्यापार व्यवसाय र पर्यटकीय क्षत्रेको प्रचार प्रसार हुनुको साथै नयाँ कामका लागि युवाहरूलाई उत्प्रेरित गर्नु भएको आयोजकले जनाएको छ । पछिल्लो समय भ्लगर र राईडरले युवा पुस्तामा आकर्षित गरेको पाइन्छ यसले युवाहरूलाई सकारात्मक सोच र परिवर्तनको संवाहक बन्न मदत गरेको छ ।

सिन्धुलीमा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षीय किशोरको मृत्यु
सिन्धुली, बैशाख २४, २०८२ बुधबार । सिन्धुलीमा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षीय किशोरको मृत्यु भएको छ । कमलामाई नगरपालिका ५ स्थित ग्वाङखोला

हरिहरपुरगढी गाउँपालिकामा ३ दिने निःशुल्क आँखा तथा दन्त शिविर सुरु
सिन्धुली, बैशाख २३, २०८२ मंगलबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा निःशुल्क आँखा तथा दन्त शिविर सुरु भएको छ । हरिहरपुरगढी गाउँपालिका वडा नम्बर

जेठ ४ गते देखि ६ गते सम्म फिक्कल उपाध्यक्ष भलिवल प्रतियोगिता संचालन हुने
सिन्धुली, बैशाख २२, २०८२ सोमबार । सिन्धुलीको फिक्कल गाउँपालिकामा फिक्कल उपाध्यक्ष भलिवल प्रतियोगिता संचालन हुने भएको छ । आगामी जेठ ४ गते देखि ६ गते
प्रतिकृया दिनुहोस