शिद्धबाबा प्लस टु म्यानेजमेन्टमा कक्षा ११ लाई स्वागत तथा तीज विशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

सिन्धुली, भदौ १९, २०८१ बुधबार ।
सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ४ स्थित शिद्धबाबा प्लस टु म्यानेजमेन्ट÷गुरुकुल कलेजमा स्वागत कार्यक्रम तथा हरितालिका तीज विशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । कक्षा ११ मा अध्ययनरत ८३ जना विद्याथीहरुलाई कक्षा १२ का विद्यार्थीहरुले स्वागत कार्यक्रमको आयोजना गरेका हुन् ।
कार्यक्रममा शिद्धबाबा प्लस टु म्यानेजमेन्टका अध्यक्ष खड्ग बहादुर खत्रीले स्थापना भएको पहिलो वर्ष ३६ जना दोस्रो वर्ष ४६ जना र तेस्रो वर्ष ८३ जना विद्याथीहरु भर्ना भएको बताउनु भयो । शिद्धबाबा प्लस टु म्यानेजमेन्ट÷गुरुकुल कलेजका बिद्यार्थीले कक्षा १२ को परिक्षामा जिल्ला प्रथम भएको बताउदै नैतिक शिक्षा अहिलेको आवश्यकता रहेको उहाँको भनाई छ । अर्काे वर्षबाट शिद्धबाबा प्लस टु म्यानेजमेन्ट÷गुरुकुल कलेजमा बिबिए ल्याउने समेत उहाँले बताउनुभयो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका सूचना अधिकारी दुर्गा भुजेलले सामुदायिक तथा निजि विद्यालयलाई सबै किसिमका सकारात्मक कार्यहरु गर्नको लागि सहयोग सहकार्य गर्ने बताउनु भयो ।
कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरुले मनोञ्जनात्मक प्रस्तुती समेत गरेका थिए ।
शिद्धबाबा प्लस टु म्यानेजमेन्ट÷गुरुकुल कलेजका अध्यक्ष खड्ग बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका सूचना अधिकारी दुर्गा भजेलको प्रमुख आतिथ्यता, शिद्धबाबा प्लस टु म्यानेजमेन्टका कोअडिनेटर राहुल सिंह, बहिरा मा.वि.का प्रधानाध्यापक विजय तामाङ, शिक्षक, विद्यार्थीहरु लगाएतको उपस्थिति रहेको थियो ।

सिन्धुलीमा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षीय किशोरको मृत्यु
सिन्धुली, बैशाख २४, २०८२ बुधबार । सिन्धुलीमा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षीय किशोरको मृत्यु भएको छ । कमलामाई नगरपालिका ५ स्थित ग्वाङखोला

हरिहरपुरगढी गाउँपालिकामा ३ दिने निःशुल्क आँखा तथा दन्त शिविर सुरु
सिन्धुली, बैशाख २३, २०८२ मंगलबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा निःशुल्क आँखा तथा दन्त शिविर सुरु भएको छ । हरिहरपुरगढी गाउँपालिका वडा नम्बर

जेठ ४ गते देखि ६ गते सम्म फिक्कल उपाध्यक्ष भलिवल प्रतियोगिता संचालन हुने
सिन्धुली, बैशाख २२, २०८२ सोमबार । सिन्धुलीको फिक्कल गाउँपालिकामा फिक्कल उपाध्यक्ष भलिवल प्रतियोगिता संचालन हुने भएको छ । आगामी जेठ ४ गते देखि ६ गते
प्रतिकृया दिनुहोस